पत्रकारितामा अमूल्य योगदान पुर्याए बापत तीन पत्रकार सम्मानित
३० चैत्र २०७७, सोमबार ०७:२४
न्यूूूज अफ टोखा काठमाडौं । बुढानीलकण्ठका २१ जनामा आरडीटी पोजेटीभ देखिएको छ । बुढानीलकण्ठमा बिहिवार २ सय ७८ जनामा आरडीटी परिक्षण गर्दा २१ जनामा पोजेटीभ देखिएको हो ।
बूढानीलकण्ठ नगरपालिकाले बिहिवार सञ्चालन गरेको आरडीटी परिक्षणमा जम्मा २सय७८ जनाको परिक्षण गरिएको छ। जस मध्ये पुरुष १५ र महिला ६ जना गरेर कुल २१ जनामा पोजेटिभ देखिएको छ भने बाँकीको नेगेटिभ देखिएको छ।
बूढानीलकण्ठ नगरपालिकामा समेत आज बन्दाबन्दिका समयाधिभर दिनरात गरेर अग्रपङ्कतिमा रहेर कार्य गर्ने व्यक्तिहरु जसमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र फोहोरमैला व्यवस्थापन लगायतका हरुको पहिलो चरणको आरडीटी परिक्षण गरिएको छ। बूढानीलकण्ठ नगरपालिकाको कार्यालय भवन र कपन वडा १० स्थित ह्याणडबल ग्राउण्डमा गरिएको परिक्षणमा दुवै स्थानका गरि २१ जनामा आरडीटी पोजेटिभ देखिएको हो।
आरडीटी पोजेटिभ देखिएका सबैलाई नगरपालिकाले व्यवस्था गरेको वडा नं ७ स्थित एकल महिला छहारी भवनको क्वारेन्टिनमा राखिएको छ। पिसिआर परिक्षणका लागि आरडीटी पोजेटिभ देखिएका सबै २१ सहित कुल ५१ जनाको थ्रोट स्वाब आजै संकलन गरिएको छ। उनिहरुको रिजल्ट ४८ घण्टा भित्र आउनेछ।
वडा नं १२ मा कोरोना देखिएसँगै नगरपालिकाले कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्य कर्मीहरुको टेष्ट सुरु गरेको थियो। जसमध्ये आज कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र केही पत्रकारको समेत परिक्षण गरीएको थियो।
३० चैत्र २०७७, सोमबार ०७:२४
२५ चैत्र २०७७, बुधबार १८:४९
२१ चैत्र २०७७, शनिबार ०८:३८
१९ चैत्र २०७७, बिहीबार २१:०१
१९ चैत्र २०७७, बिहीबार १७:४१
१७ चैत्र २०७७, मंगलवार ०९:५९
१६ चैत्र २०७७, सोमबार २०:२९
१६ चैत्र २०७७, सोमबार १५:३२
१६ चैत्र २०७७, सोमबार १०:३५
१३ चैत्र २०७७, शुक्रबार १२:००