के तपाईले आफ्नो पीसीआर रिपोर्ट हेर्नुभयो? अनलाइनमा यसरी हेर्नुहोस्

 ११ जेष्ठ २०७७, आईतवार २१:१२   | सुबिन्द्र श्रेष्ठ

न्यूज अफ टोखा काठमाडौं । कोरोना भाइरस संक्रमण पहिचानका लागि यदि तपाईले पीसीआर परीक्षण गराउनुभएको छ र आफ्नो नतिजा हेर्न चाहानुहुन्छ भने चाहानु हुन्छ भने नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनलाइन संस्करणमा गएर हेर्न सकिन्छ ।

पीसीआर परीक्षण गर्न सकिसकेका ब्यक्तिहरुलाई उनीहरुको सम्पर्क नम्बरमा आफ्नो रिपोर्ट हेर्न भन्दै Username र Password एस.एम.एस मार्फत पठाई सकेपछि प्राप्त Username र Password राखेर मात्रै आफ्नो रिपोर्ट हेर्न सकिनेछ ।

नतिजा कसरी हेर्ने ?

आफ्नो नतिजा हेर्नका लागि तपाई सर्वप्रथम आफ्नो मोवाइल तथा डेस्कटपको इन्टरनेट ब्राउजरमा गएर   https://report.nphl.mavorion.com/ मा जानु पर्नेछ र पेज खुलेपछि Username र Password राखेपछि Log In मा थिच्नुपर्नेछ र तपाईले आफ्नो परीक्षणको नतिजा पाउनुहुन्छ ।

याद गर्नुहोस् Username भनेको ठाउँमा तपाघले परीक्षण गराउदा तपाईलाई दिएको कार्डको नम्वर राख्नु पर्नेछ  र Password भनेको ठाउँमा तपाईको नामको पछाडीको थर लेख्नु पर्नेछ ।

Facebook Comments

अन्तिम अपडेट: ११ जेष्ठ २०७७, आईतवार २१:१२

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया