टोखा स्वास्थ्य शाखा भन्छ नतिजा आउन बाँकी छ, प्रवक्ता भन्छन्ः सबै नतिजा नेगेटिभ, जनता अन्यौलमा

 ११ जेष्ठ २०७७, आईतवार २३:२६   | सुबिन्द्र श्रेष्ठ

न्यूज अफ टोखा काठमाडौँ । टोखा नगरपालिकाले कोरोना भाइरस संक्रमीतहरुको पहिचान गर्न गत जेष्ठ ७ गते बुधबारका दिन गरिएको पीसीआर परीक्षणको नतिजालाई लिएर आम सर्वसाधारण जनता अन्यौलमा परेका छन् ।

टोखा नगरपालिकाको पीसीआर परीक्षणको नतिजामा सबै नेगेटिभ भनेर सामाजीक सञ्जालहरुमा नगरपालिकाका जिम्मेवार निकायका व्यक्तिहरुले पोष्ट गरेका थिए । टोखा नगरपालिकाले आधिकारीक रुपमा घोषणा / सार्वजनिक गरिनसकेको अवस्थामा संवेदनशील विषयप्रति वेवस्ता गरी हतार हतारमा समाजिक सञ्जालहरुमा एकपछि अर्को सूचना पोष्ट गर्दा नतिजालाई लिएर आम सर्वसाधारण अन्यौलमा परेका हुन् ।

स्वास्थ्य शाखाका प्रमुख रणलाल कुलाल भन्छन्- “हामीले सबैको रिपोर्ट चेक गरिसकेका छैनौँ । नतिजा यसै हो भनेर आधिकारीक रुपमा घोषणा पनि गरिसकेका छैनौँ । प्राप्त सबै नतिजाको चेक गरिसके पश्चात भोलि विहान ९ बजेतिर मात्र प्रकाशन गर्ने तयारीमा छौँ ।”

कुन आधारमा यस्तो सूचना संप्रेषन गर्‍यो त्यो आफुलाई थाहा नभएको भन्दै उनी भन्छन्- “आधिकारीक रुपमा हामीले रिपोर्टको बारेमा जानकारी गराएका छैनौँ कुन आधारमा भनेको हो मलाई थाहा भएन ।”

तर यता नगरपालिकाका प्रवक्ता बच्चु राज बस्याल आफ्नो फेसबुकको वालमा लेख्छन्- ” टोखा नगरपालिका नगरपालिका अन्तरगत प्रा स्वा के, हेराल्द कलेज,श्रीसमाज तथा कान्तिपुर स्कुलमा भएको RDT तथा PCR रिपोर्टहरु सबै negative आएको जानकारि गर्दछौ। ”

गत जेष्ठ ७ गते टोखा नगरपालिकाले टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र, हेराल्द कलेज, श्रीसमाज भवन तथा कान्तिपुर स्कुल गंगबुमा गरी २ सय ९३ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । भने ५ सय ३ जनाको आरडीटी परीक्षण गरिएको थियो । जसमा १३ जनाको आरडीटी पोजिटिभ देखिएको थियो ।

सिंगो नगरबासीहरुको स्वास्थ्यसँग सम्बन्धित संवेदनशील विषयप्रति जिम्मेवार बनि स्वयं टोखा नगपालिकाले नै आधिकारिक रुपमा सूचना संप्रेषन गर्न सकेमा आम सर्वसाधारणमा यस्तो अन्यौल सृजना हुनेथिए कि? सम्बन्धित निकायको यस तर्फ ध्यान जान जरुरी देखिन्छ ।

Facebook Comments

अन्तिम अपडेट: ११ जेष्ठ २०७७, आईतवार २३:२६

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया