कोभिड-१९ परिवार तथा समुदायमा फैलिन नदिन लकडाउनको पूर्ण पालना गरी सजकता अपनाउन अपिल

 १३ जेष्ठ २०७७, मंगलवार २१:४८   | न्यूज अफ टोखा

न्यूज अफ टोखा

विश्व महामारीको रुपमा फैलिइरहको कोरोना भाइरस (कोभिड-१९) ले टोखा नगरपालिकामा पनि प्रवेश गरिसकेको परिप्रेक्ष्यमा यसले भावी दिनमा पुऱ्याउन सक्ने अकल्पनीय मानवीय क्षति तथा सन्त्रासलाई मध्यनजर गर्दै नेपाल सरकारले जारी गरेको लकडाउनबाट उत्पन्न विषम एवं सन्त्रासपूर्ण परिस्थितिमा सबैले धैर्यधारण गरी यस महामारीलाई परिवार तथा समुदायमा फैलिन नदिन लकडाउनको पूर्ण पालना गरी सजकता अपनाउन टोखा नगरपालिका वडा नं २ का वडाध्यक्ष दिपकराज जोशीले वडाबासीहरुमा अपिल गरेका छन् ।

टोखा नगरपालिका वडा नं २  यसको नियन्त्रण तथा रोकथामका लागि सक्रियका साथ लागि परिरेहको छ । यस विषम परिस्थितिमा जेष्ठ नागरिक, दिर्घरोगका विरामी, अपाङ्गता भएका तथा एकल महिलाहरुलाई स्वास्थ्य सम्बन्धि समस्या भएमा आवश्यक औषधी तथा उपचारका लागि वडाकार्यालय अथवा जनप्रतिनिधिहरुलाई सम्पर्क गर्न वडाबासीहरुमा अनुरोध गरेका छन् । साथै  अत्यावश्यक काम भएमा वडाकार्यकालय तथा जनप्रतिनिधिहरुलाई सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

जोकोहि पनि लकडाउनको समयमा बाहिरबाट घरफर्केका वा भाडामा बस्नेहरु आएमा तीनिहरुमा कोरोना भाइरसको संक्रमण परिक्षण आरडीटि पश्चात संक्रमण भएनभएको पुष्टि गरेरमात्र घरमा भित्र्याउन समेत वडाध्यक्ष जोशीले घरधनीहरुमा अनुरोध गरेका छन् ।

उनले २ नंम्वर वडामा बाहिरबाट तरकारी ल्याइ बेचनबिखनमा समेत निषेक्ष गरिएको र स्थानीय स्तरमा किसान तथा फार्महरुबाट उत्पादित तरकारीहरु मात्र प्रयोग गर्न वडाबासीहरुमा अनुरोध गरेका छन् । खाद्य तथा मासुको हकमा वडा कार्यालले बजार अनुगमन पश्चाल राँगाको मासुको पनि मूल्य निर्धारण गरेको र वडा कार्यालयले निर्धारण गरेको मूल्य सूचिमा टेकेर स्वस्थकर मासु तथा खाद्य लगायत सामाग्री खरिद तथा बिक्रि वितरण गर्न सम्पुर्ण व्यवसायी तथा  वडाबासी एवं उपभोक्ताहरुमा अनुरोध गरेका छन् । वडाले निर्धारण गरेको मूल्यभन्दा बढि मूल्य ग्राहकहरुबाट असुल गरी रहेको जनगुनासो पाइएकोले तत्काल वडाले निर्धाण गरेको मूल्यमा मासु बिक्री वितरण गर्न व्यवसायीहरुमा अनुरोध गर्दै ग्राहकहरुलाई सचेत र जागरुक हुनसमेत आग्रह गरेका छन् ।

कोरोना भाइरसको महामारी कसरी नियन्त्रणमा लिन सकिन्छ भन्ने एकमात्र अठोट लिई यसबाट सृजित आर्थिक, शैक्षिक तथा सामाजिक क्षतिलाई सकेसम्म न्यूनिकरण गर्दै आगामी दिनमा कसरी तदारुकताका साथ परिपूर्ति गर्न सकिन्छ भन्ने विषयमा वडाकार्यालय  लागि परिरहेकको र सबैले आआफ्नो स्थानबाट आफ्नो जिम्मेवारी तथा दायित्वपुरा गर्न समेत सम्पुर्ण वडाबासीहरुमा अनुरोध गरेका छन् ।

घरमै बसौँ सुरक्षी रहौँ, कोरोना भाइरस संक्रमण हुनबाट बचौँ र बचाओँ।

लकडाउनको पालना गरौँ, घरमै बसी योगा गरौँ स्वस्थ रहौँ ।

सम्पर्क नम्बरहरुः

वडा कार्यालय – 01-5110151
दिपक राज जोशी (वडाध्यक्ष) – 9851229142
हेराकाजी डंगोल (वडा सदस्य) – 9851103690
प्रेमकृष्ण खड्गी – 9851045052
पञ्चकुमारी श्रेष्ठ – 9841019651
प्रतिमा हिमाङ्ग

Facebook Comments

अन्तिम अपडेट: १३ जेष्ठ २०७७, मंगलवार २१:४८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया