टोखा नगरपालिकाः कोरोना भाइरस संक्रमित क्षेत्र शिल सम्बन्धि सूचना

 १३ जेष्ठ २०७७, मंगलवार १३:१७   | न्यूज अफ टोखा

यस नगरपालिकाको वडा नं ६ टोखा बजार जाने उकालो नजिक र वडा नं ३ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा पर्ने २ जना (वडा नं. ३ का २७ वर्षका पुरुष र वडा नं. ६ का ४१ वर्षका पुरुष) को PCR परिक्षणबाट कोरोना भाइरस पोजिटिभ आएकोले सो स्थानको वरपर शिल गरिएको र संक्रमण फैलन नदिन contact tracing को कार्य सकिई वहाँहरुको सम्पर्कमा आउनु भएका व्यक्तिहरुको परिक्षण गर्ने कार्ययोजना रहेको जानकारी गराउन चाहन्छौं ।

तसर्थ, यस कठिन समयमा संयमतासाथ Lockdown को पूर्ण पालना गरी जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुहुन सम्पुर्णमा हार्दिक अपिल गर्दछौं ।

“घरमै बसौं, आफू पनि बाचौं, अरुलाई नि बचाउँ; Lockdown को पूर्ण पालना गरौँ ।”

प्रकाश अधिकारी
नगर प्रमुख

Facebook Comments

अन्तिम अपडेट: १३ जेष्ठ २०७७, मंगलवार १३:१७

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया