दुई जनामा कोरोना संक्रमण देखिएपछि टोखा नगरपालिका वडा नं ३ र ६ का केहि क्षेत्र सिल

 १३ जेष्ठ २०७७, मंगलवार १४:२०   | न्यूज अफ टोखा

न्यूज अफ टोखा काठमाडौं । टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिए पछी नगरपालिकाका केहि क्षेत्रमा उच्च सतर्कता अपनाउदै सिल गरिएको छ ।

टोखा नगरपालिका वडा नं ३ धनेश्वबाट धमलटार जानेबाटो (सिसिंक्वोय्) र ६ खुँपाचा क्वोय् (विष्णुमतिपुल) बाट धापासी जाने क्षेत्र सिल गरिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका दुई जना पुरुष रहेको सूचना प्राप्त भएसँगै उक्त क्षेत्रमा भाडामा बस्ने कोरोना सङ्क्रमितलाई तत्काल थप उपचारका लागि टेकु पठाइएको र  ति क्षेत्रलाई सिल गरेर कन्ट्रयाक्ट ट्रेसिंग गर्ने कार्य भैरहेको नगर प्रमुख प्रकास अधिकारीले बताए ।

नगरपालिकाका प्रमुख अधिकारीले टोखाका दुई व्यक्तिमा कोरोना सङ्क्रमित देखिएसँगै उक्त क्षेत्रलाई सिल गरिएको र अन्य क्षेत्रमा पूर्ववत अवस्था रहेको बताउदै पुरै नगरपालिका सिल भएको सूचना गलत भएको न्युज अफ टोखालाई जानकारी दिए  ।

Facebook Comments

अन्तिम अपडेट: १३ जेष्ठ २०७७, मंगलवार १४:२०

तपाईको प्रतिक्रिया