टोखा नगर कमिटी नेकपा (केपी ओली समूह)को अगुवा कर्यकर्ता भेला जारी
१० माघ २०७७, शनिबार १४:११
न्यूज अफ टोखा काठमाडौं । टोखा नगरपालिका वडा नं १ झोरका युवकमा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ। र्यापिड डाइग्नोस्टिक टेस्टबाट गत जेष्ठ ७ गते बुधवार परीक्षण गर्दा एन्टिबडी रिपोर्ट पोजेटिभ देखाएको थियो।
पोजेटिभ देखाएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पीसीआरबाट उनकाे परीक्षण गरिएको थियाे। स्वाब निकालेर परीक्षण गर्दा उनकाे रिपोर्ट नेगेटिभ देखिएकाे टोखा नगरपालिका वडा नं १ का वडाध्यक्ष श्रीकृष्ण अधिकारले बताए ।
गत जेष्ठ ७ गते कोरोना भाइरस संक्रमित पहिचानका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा किराना तथा तरकारी व्यवसायी, जनप्रतिनिधि लगायत अग्रमोर्चामा खतिएका ४४ जनाको आरडिटी र पीसीआर परीक्षण गरिएको थियो । अधिकारीका अनुसार १८ जनाको पीसीआर तथा २६ जनाको आरडीटी परीक्षण गरिएको थियो । आरडीटी परीक्षण गर्दा एक जनामा एन्टिबडी रिपोर्ट पोजेटिभ भेतिएको थियो ।
कोरोना संक्रमण पहिचानका लागि गरिएको पीसीआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको वडाध्यक्ष अधिकारीले जानकारी दिए ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०
९ माघ २०७७, शुक्रबार ११:२९
९ माघ २०७७, शुक्रबार ११:१०