शालीनदी मेला उच्च सतर्कताकासाथ सञ्चालन हुने
८ माघ २०७७, बिहीबार २२:२४
न्यूज अफ टोखा काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोभिड-१९ भाइरसको कारणले गर्दा विश्व भरिका पठन पाठन बन्द भएको अवस्थमा टोखा नगरपालिका वडा नं २ सायक्व स्थित (गणेशस्थान नजिक) डिभाइन स्कुलले अनलाइन कक्षा सञ्चालन गरी पठन पाठन कार्यलाई निरन्तरता दिइरहेको छ ।
कोरोना महामारी रोकथाम गर्न सरकारले गएको ११ चैतदेखि बन्दाबन्दी घोषणा गरी सकेपछि पूर्ण रुपमा पठनपाठन ठप्प भएको अवस्थामा हालको नयाँ प्रविधिको आधारमा १० वैशाखदेखि नै डिभाइन स्कुलले अनलाइन कक्षा सञ्चालन गर्दै आइरहेको विद्यालय सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
बन्दाबन्दीका समयमा विद्यार्थीहरु पढ्न-लेख्नबाट वञ्चित भइरहेको अवस्थामा डिभाइन स्कुलले नर्सरीदेखि कक्षा सात सम्म बिहान १० देखि ३ बजेसम्म अनलाइन मार्फत कक्षा सुरु गरिएको स्कुलको प्रिन्सिपल मीनु गिरी वन ले जानकारी दिनुभयो ।
कोरोना महामारी रोकथाम गर्न सरकारले जारी गरेको बन्दाबन्दीको समयमा स्कुलले सञ्चालन गरेको अनलाइन कक्षाले विद्यार्थीहरुमा अध्ययन गर्ने वातावरण सृजना गरिदिएको विद्यालयका संस्थापक निर्देशक एकनाथ गौतमले बताउनुभयो ।
बन्दाबन्दीका समयमा विद्यालयको पठनपाठन पूर्णरुपमा बन्द भएको अवस्थामा आफ्ना छोराछोरीहरुलाई उक्त अनलाइन कक्षामा सहभागिता गराइ उनीहरुको अध्ययन कार्यलाई निरन्तरता दिन चाहनुहुने जोकोहिले पनि विद्यालयमा सम्पर्क गर्न सक्ने विद्यालय सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्र श्रेष्ठले बताउनुभयो ।
उक्त कक्षामा सहभागिता जनाउन नाम दर्ता तथा पुस्तकका लागि ६:३० देखि ९:०० बजेसम्म साईबाबा चोकस्थित मन्टेश्वरी भवनमा स्कुलका संस्थापक तथा निर्देशक एकनाथ गौतमलाई सम्पर्क गर्न सकिनेछ ।
पुनश्च: विद्यालयले शुल्क लिनेछ भन्ने भ्रममा नपरी आफ्नो नानी-बाबुहरूलाई अनलाइन कक्षामा सहभागी गराउनु होला । शुल्क लिने वा नलिने सम्ब्धमा नेपाल सरकार शिक्षा मन्त्रालयको निर्णय नै विद्यालयको अन्तिम निर्णय हुनेछ ।
सम्पर्क व्यक्ति तथा नम्बरहरु:
एकनाथ गौतम (संस्थापक निर्देशक, डिभाइन स्कुल) ९८५१२३०९५४
धर्मेन्द्र श्रेष्ठ (विद्यालय सञ्चालक समिति अध्यक्ष) ९८५१०५६२४७
मनिष जोशी (विद्यालय व्यवस्थापक अध्यक्ष) ९८४१०१८०८१
मीनु गिरी वन (प्रधानाध्यापक) ९८४९२१४१५६
शोभा गौतम (सहायक प्रधानाध्यापक) ९८४१६७५१८१
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
८ माघ २०७७, बिहीबार २२:२४
८ माघ २०७७, बिहीबार २०:४१
७ माघ २०७७, बुधबार २३:०६
७ माघ २०७७, बुधबार १५:१६
७ माघ २०७७, बुधबार १४:३८
५ माघ २०७७, सोमबार १६:३७
५ माघ २०७७, सोमबार १६:२६
५ माघ २०७७, सोमबार १६:२२
५ माघ २०७७, सोमबार १६:१९
५ माघ २०७७, सोमबार १६:१४