संक्रमितसँग सम्पर्कमा आएकाहरुको परीक्षण बढाइयो, ६१ जनाको स्वाब संकलन

 १४ जेष्ठ २०७७, बुधबार २०:०७   | न्यूज अफ टोखा

न्युज अफ टोखा काठमाडौं । टोखा नगरपालिकामा संक्रमित पुष्टि भएका स्थानका बासिन्दाको परीक्षण बढाइएको छ । टोखा नगरपालिकाले संक्रमितका परिवार र उनीहरुसँग सम्पर्कमा आएकाहरुको परीक्षण बढाएको हो ।


 टोखा नगरपालिका ३ र ६ वडाका १-१ गरी दुई पुरुषमा सोमबार कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि ती पुरुषहरुसँग सम्पर्कमा रहेका परिवार र स्थानीय गरी ६१ जनाको परीक्षणका लागि आज स्वाब संकलन गरिएको थियो  ।

कोरोना भाइरस संक्रमितहरुको परिवार तथा उनीहरुसँग सम्पर्कमा आएका टोखा ३ र ६ वडाका क्रमशः ३२ र २९  जना गरी ६१ जनाको कोरोना भाइरस संक्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

आज संकलन गरीको स्वाब परीक्षणको रिपोर्ट ३ दिन पछि मात्र आउने बुझिएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमाको प्रयोगशालामा परीक्षणका लागि संकलन गरिएको नमुनाको चाप धेरै रहेको र समाग्रीको अभावका कारण रिपोर्ट आउन केहि दिन लाग्ने भएको हो ।

परीक्षण दायरा बढाउनु पर्ने माग

संक्रमितहरुको सम्पर्कमा रहेकाहरुको परीक्षण बढाए पनि त्यसले सबैलाई नसमेतिएको भन्दै परीक्षणको दायरा बढाउनु पर्ने स्थानीयबासीहरुले माग गरेका छन् ।

टोखा नगरपालिका वडा नं ६ का कोरोना भाइरस संक्रमित किराना व्यवसायी भएकाले उनको सम्पर्कमा आउनेको संख्या धेरै हुने हुँदा त्यस आसपासमा रहने सबैको परीक्षण गर्नुपर्ने भन्दै उनीहरुले टोखा नगरपालिकाको कार्यशैली प्रति आक्रोश पोखेका हुन् ।

कोरोना संक्रमित ब्यक्तिका घरपरिवार र आसपासका केहि ब्यक्तिहरुको मात्र परीक्षण गरेको भन्दै  उसको शुभम्, ग्राण्ड हाउजिन लगायत बाक्लोबस्तीसँग सम्पर्क रहेकाले भविष्यमा यसले नित्याउन सक्ने ठुलो दुर्घटना रोक्नका लागि सम्बन्धित निकायले तुरुन्तै त्यस क्षेत्रमा यथासम्भव भएसम्म सबैको परीक्षण गर्नु पर्ने माग गरेका छन् ।

Facebook Comments

अन्तिम अपडेट: १४ जेष्ठ २०७७, बुधबार २०:०७

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया