बिभिन्न देशले लकडाउन खुकुलो बनाउदै, नयाँ प्रकोपका लागि तयार हुन चेतावनी: डब्लुएचओ

 १६ जेष्ठ २०७७, शुक्रबार १९:३९   | न्यूज अफ टोखा

न्यूज अफ टोखा

विश्व स्वास्थ्य संगठनले विभिन्न देशले लकडाउन खुकुलो बनाएसँगै कोरोना भाइरस समाप्त भइ नसकेकोले नयाँ प्रकोपका लागि तयार हुन चेतावनी दिएको छ ।

डब्लुएचओका विश्वप्रतिनिधि डा. डेभिड नाबारले कोरोना भाइरसका लागि जारी गरिएका लकडाउन मापदण्डहरु खुला गरिएसँगै मानिसहरुको आवतजावत र सामाजिक दूरीको नियम उल्लंघन भएकोले नयाँ प्रकोपका लागि तयार हुनुपर्ने अवस्था सिर्जना भएको बताउनु भएको छ।

उहाँले लकडाउन खुकुलो भएपनि मानिसहरुले भौतिक दूरी कायम गर्ने बानी पार्नुपर्ने र सजगता अपनाउन आवश्यक रहेको बताउनु भएको छ । त्यसैगरी कोही बिरामी मानिसहरु भएमा आफैंलाई आइसोलेट गर्न पनि डब्लुएचओले सुझाएको छ ।

एजेन्सी

Facebook Comments

अन्तिम अपडेट: १६ जेष्ठ २०७७, शुक्रबार १९:३९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया