कोरोना जितेर फर्किए टोखा -३ का संक्रमित

 १७ जेष्ठ २०७७, शनिबार १७:२५   | न्यूज अफ टोखा

न्यूज अफ टोखा, काठमाडौं ।  काठमाडौँको टेकुस्थित सरुवा रोग अस्पतालमा उपचार गराइरहेका टोखा नगरपालिका वडा नं ३ को (धनेश्वरबाट ढलमलटार जाने बाटोमा पर्ने सिसिंक्व)मा वसोवास गर्ने २७ वर्षीय पुरुष कोरोना भाइरसका संक्रमित शनिवार संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।


टेकु अस्पतालमा उपचाररत उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

उनमा कोरोना भाइरस संक्रमणदेखिए पछि उनको सम्पर्कमा आएका परिवार तथा स्थानीयबासीहरु सहित ३२ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी टेकु पठाइएको र त्यसको रिपोर्ट आउँन बाँकी रहेको टोखा नगरपालिका वडा नं ३ का अध्यक्ष सिंह राज श्रेष्ठले बताए ।

उसँगै उपचाररत टोखा नगरपालिका वडा नं ६ का ४१ वर्षीयका पूरुषको भने परीक्षणको पछिल्लो रिपोर्ट आउँन बाँकी रहेको छ । उनको दोस्रो परीक्षण नेगेटिभ आएको थियो भने तेस्रो परीक्षणको नतिजा आउँन बाँकी रहेको छ ।

प्रकाशित मितिः १७ जेष्ठ २०७७, शनिबार

Facebook Comments

अन्तिम अपडेट: १७ जेष्ठ २०७७, शनिबार १७:२५

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया