टोखा नगर कमिटी नेकपा (केपी ओली समूह)को अगुवा कर्यकर्ता भेला जारी
१० माघ २०७७, शनिबार १४:११
न्यूज अफ टोखा, काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/०७८ मा केन्द्र सरकार मार्फत प्रदेश र स्थानीय सरकारले पाउने अनुदान अनुदान रकम अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।
आफ्नो वेबसाइटमार्फत केन्द्र सरकारले आगामी वर्ष समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान गरी चार शीर्षकमा प्रदेश र स्थानीय तहलाई कुल ३ खर्ब ६२ अर्ब ६३ करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको बजेट सार्वजनिक गरेको हो।
जसअनुसार टोखा नगरपालिकालाई समिकरण अनुदान अन्तर्गत २४ करोड ६६ लाख ,सर्शत अनुदान अन्तर्गत १७ करोड,६९ लाख र समपूरक अनुदान अन्तर्गत दुई करोड गरि कुल ४४ करोड ३५ लाख रुपैया अर्थ मन्त्रालयले सार्वजनिक गरेको स्थानीय सरकारले पाउने अनुदान अनुदानमा परेको हो ।
अर्थ मन्त्रालयले ७ वटा प्रदेशलाई ९९ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको मध्य स्थानीय तहमा सबैभन्दा धेरै अनुदान पोखरा महानगरले पाएको छ ।
पोखराले समानीकरण, सशर्त अनुदान, विशेष अनुदान र समपूरक समेत गरी कुल २ अर्ब ५२ करोड ६० लाख रुपैयाँ पाएको छ । यस्तै, काठमाडौं महानगरपालिकाले १ अर्ब ८८ करोड २३ लाख रुपैयाँ पाएको छ ।
प्रकाशित मिति १७ जेष्ठ २०७७, शनिबार
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०
९ माघ २०७७, शुक्रबार ११:२९
९ माघ २०७७, शुक्रबार ११:१०