ओलीलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
११ माघ २०७७, आईतवार २३:४८
न्यूज अफ टोखा – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभरि विभिन्न सहरहरूमा दङ्गा र लुटपाट भइरहेका बेला त्यसको अन्त्यका लागि हजारौँ सेना र प्रहरीलाई परिचालन गर्ने बताएका छन्।
प्रहरी हिरासतका क्रममा एक अफ्रिकी अमेरिकी निहत्था व्यक्ति जोर्ज फ्लोइडको मृत्युलाई लिएर देशभर प्रदर्शनहरू भइरहेका बेला उनले यस्तो बताएका हुन्।
उनले भने, “दङ्गाबाट हाम्रो अति विपन्न समुदायका शान्तिप्रेमी नागरिकहरू सबैभन्दा पीडित भएका छन् र राष्ट्रपतिका हैसियतले म उनीहरूलाई सुरक्षित राख्नका लागि सक्दो प्रयास गर्छु।”
पत्रकारसँग बोलेपछि ट्रम्प ह्वाइट हाउसबाट नजिकै रहेको एउटा गिर्जाघरसम्म सुरक्षाकर्मी लिएर पैदल गएका थिए। उक्त गिर्जाघरमा प्रदर्शनका क्रममा क्षति पुगेको थियो।
ह्वाइट हाउसबाहिर प्रदर्शन गर्ने प्रदर्शनकारीलाई प्रहरीले तितरवितर पारेको थियो।
ट्रम्पले देशभर प्रहरीको बर्बरताविरुद्ध भएका हिंसात्मक प्रदर्शनहरूमा हाबी हुन राज्यका गभर्नरहरूलाई आह्वान गरेका छन्।
ट्रम्पले दशकौँमा भएको खराब र अशान्त अवस्थामा गभर्नरहरूले चालेका कदम निकै कमजोर देखिएको बताएका हुन्।
यसैबीच, न्यूयोर्कका गभर्नर एन्ड्र्यू कोमोले हिंसा हुन नदिन भन्दै राति ११ बजेबाट कर्फ्यू लाग्ने घोषणा गरेका छन्।
फ्लोइडको मृत्युका कारण अमेरिकामा मात्रै नभइ केही युरोपेली देशहरूमा पनि विरोध प्रदर्शन भइरहेका छन्।
स्पेनको बार्सिलोनाबाहेक ब्रिटेन र बर्लिनस्थित अमेरिकी दूतावासबाहिर पनि मानिसहरूले प्रहरीको दमनलाई लिएर विरोध प्रदर्शन गरिरहेका छन्।
फ्लोइडको हत्या अक्सिजनको कमीका कारण भएको एउटा निजी पोष्टमार्टम परीक्षणले पत्ता लगाएको छ।
फ्लोइडको परिवारका तर्फबाट परीक्षक रहेका चिकित्सकले उनको निधन मिनियापलिसका प्रहरी अधिकारीले गर्दन र ढाडमा थिचेका कारण भएको बताएका हुन्।
उक्त परीक्षणमा देखिएको कुरा प्रारम्भिक रूपमा देशका स्वास्थ्य परीक्षकले पत्ता लगाएका कारणभन्दा फरक देखिएको छ।
पहिला गरिएको परीक्षणमा “अक्सिजनको कमी वा घाँटी दबाएका कारण” भन्ने प्रमाण पत्ता नलागेको बताइएको थियो।
सरकारी ती अधिकारीले फ्लोइडको हत्या हुनमा उनको पहिल्यैदेखिको स्वास्थ्य अवस्था कारण रहेको पनि बताएका थिए।
तर फ्लोइडको परिवारले राखेका दुई चिकित्सकले भने मृत्यु नभइ हत्या भएको पत्ता लागेको कानुनी टोलीले विज्ञप्तिमा जनाएको छ।
न्यूयोर्कका पूर्व परीक्षक डाक्टर माइकल बाडेनले पत्रकार सम्मेलनमा भने, “मेरो विचारमा हत्याको कारण घाँटीमा दबाइएकाले भएको हो – त्यसले अक्सिजनलाई दिमागमा जान रोक्छ – र ढाडमा दबाउँदा सास फेर्न गाह्रो हुन्छ।”
एक साताअघि देखापरेको भिडिओमा एकजना श्वेत प्रहरीले जोर्ज फ्लोइडले सास फेर्न गाह्रो भयो भनेर अनुरोध गर्दा पनि गर्दनमा निरन्तर रुपमा घुँडाले थिचिरहेको देखिन्छ। उक्त घटनाले देशभर अशान्त अवस्था बनाएको छ।
अमेरिकाका विभिन्न सहरमा छैठौँ दिन पनि प्रदर्शनहरू भइरहेका छन् र दशकौँमा यो स्तरमा अशान्ति नदेखिएको बताइएको छ।
चिकित्सक बाडेनले फ्लोइडको मृत्यु हुनेगरी अन्य कुनै खालको स्वास्थ्य समस्या नरहेको पनि बताए।
फ्लोइडको परिवारका वकिलले मानिसलाई नियन्त्रणमा लिने तरिकामा सुधार गरेको भए फ्लोइडको जीवन बचाउन सकिने भन्दै त्यसका लागि मिनियापलिसको प्रहरी कार्यालयलाई आरोप लगाएका छन्।
सोमवार राति प्रहरीलाई एउटा पसलमा एक व्यक्तिले नक्कली नोट दिएको भनी फोन आयो।
नक्कली नोट दिने भनिएका व्यक्ति जोर्ज फ्लोइड थिए। प्रहरीले उनलाई समातेर आफ्नो गाडीमा राख्न खोज्यो। तर आफूलाई बन्द ठाउँमा डर लाग्ने भन्दै उनी चढ्न मानेनन्।
उनले प्रतिकार गरेको र हत्कडी लगाइएको प्रहरीको दाबी छ। घटनाको भिडिओमा कसरी विवाद भयो भन्ने देखिँदैन।
शौभिनको घुँडा घाँटीमा भएको बेला उनले “मैले सास फर्न सकिनँ” र “मलाई नमार्नुहोस्” भनेको सुनिन्छ।
शवको प्रारम्भिक परीक्षण गर्दा ती प्रहरी अधिकारीले फ्लोइडको घाँटीमा आठ मिनेट ४५ सेकेन्ड टेकेको देखिएको छ।
फ्लोइड प्रतिक्रियाविहीन भएको झन्डै तीन मिनेटसम्म शौभिनले उनलाई छोडेनन्।
उनले आफ्नो घुँडा हटाउनुभन्दा दुई मिनेटजतिअघि अरू प्रहरीले फ्लोइडको नाडी छाम्छन्।
त्यसपछि अस्पताल लगिँदा एक घण्टापछि उनलाई मृत घोषित गरिन्छ।
शौभिनलाई हत्याको अभियोग लगाइएको छ। सबै बीबीसी नेपालीबाट
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार २३:४८
११ माघ २०७७, आईतवार २३:३०
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८