टोखा-६ का कोरोना संक्रमित डिस्चार्ज, ६१ जनाको पीसीआर रिपोर्ट नेगेटिभ, शिल फुकुवा

 २० जेष्ठ २०७७, मंगलवार १३:१३   | न्यूज अफ टोखा

न्यूज अफ टोखा, काठमाडौं ।  काठमाडौँको टेकुस्थित सरुवा रोग अस्पतालमा उपचार गराइरहेका टोखा नगरपालिका वडा नं ६ का ४१ वर्षीय पुरुष कोरोना भाइरसका संक्रमित संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

टेकु अस्पतालमा उपचाररत उनीहरुको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिएका छन् ।

उनीसंगै टोखा-३ का २७ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमणदेखिए पछि उनीहरुको सम्पर्कमा आएका परिवार तथा स्थानीयबासीहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको ६१ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको नगरप्रमुख अधिकारी बताएका छन् ।

यससँगै संक्रमित भेटिएका स्थानहरुमा गरिएको शिल पूर्ण रुपमा फुकुवा समेत गरिएको छ ।

Facebook Comments

अन्तिम अपडेट: २० जेष्ठ २०७७, मंगलवार १३:१३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया