नेकपा टोखा नगर कमिटीको अगुवा कार्यकर्ता भेला सम्पन्न
११ माघ २०७७, आईतवार १४:२५
काठमाण्डाै – सरकारले कोरोना भाइरसको जोखिम बढेपछि परीक्षणको दायरा बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले दैनिक तीन हजार जनाको परीक्षण हुने गरी दायरा बढाइएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार अहिले २१ वटा प्रयोगशालाबाट परीक्षण भइरहेको छ । यस्तै ठूलो सङ्ख्यामा परीक्षण गर्न अटोमेटिक मेसिन ल्याउने तयारी भएको छ । एकै पटक धेरैको परीक्षण गरी जोखिम थप कम गर्न अटोमेटिक मेसिन ल्याउने तयारी गरेको प्रवक्ता डाक्टर देवकोटाले बताउनुभयो ।
भारतबाट आउनेको सङ्ख्या बढेसँगै सङ्क्रमितको सङ्ख्या पनि बढेको छ । यो महिना लागेपछि हरेक दिन एक सयभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुँदै आएको छ ।
वैशाख महिनामा एक सय जनाको हाराहारीमा सङ्क्रमित भेटिने गरेको थियो । जेठ १५ गतेसम्म आउँदा सङ्क्रमितको सङ्ख्या बढेर एक हजार नाघेको थियो भने आजसम्म आईपुग्दा दुई हजार नाघेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।
मन्त्रालयले सङ्क्रमित बढिरहेकाले क्वरेण्टीनकाे व्यवस्थापन र सावधानीकाे विषयमा ध्यान दिन सम्बन्धितसँग आग्रह गरेको छ । जोखिम बढेपछि क्वरेण्टीनमा आइसोेलेशन राख्ने तयारी भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०