टोखा नगरपालिकामा दुई युवतीमा कोरोना संक्रमणको पुष्टि

 २१ जेष्ठ २०७७, बुधबार १८:२८   | सुबिन्द्र श्रेष्ठ

न्यूज अफ टोखा । टोखा नगरपालिकामा दुई युवतीमा कोरोना संक्रमणको पुष्टि भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयले काठमाण्डौमा थपिएका तीन नयाँ संक्रमितमध्ये दुईजना टोखा नगरपालिकाभित्रको भएको पुुष्टि गरेको भए पनि कुन वडाको हो भन्ने विवरण आउन बाँँकी छ ।

संक्रमित दुवैजना २७ वर्षिय युवती छन । उनिहरुको अवस्था अहिले सामान्य छ । आज थपिएका देशभरका दुई सय एक जना मध्ये काठमाण्डौमा तीनजनामा संक्रमण पुष्टि भएको थियो ।

जसमध्ये एकजना काठमाण्डौ मेडिकल कलेजमा कार्यरत महिला चिकित्सक हुन भने अन्य टोखा नगपालिका निवासी महिला हुन । उनिहरु तीनैजनाको उमेर २७ वर्षको रहेको छ ।

बुधबारसम्म ८० हजारभन्दा बढीको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै टोखा नगरपालिकाले आरडिटी र पिसीआर परिक्षणलाई तीव्रता दिएको थियो ।

Facebook Comments

अन्तिम अपडेट: २१ जेष्ठ २०७७, बुधबार १८:२८

तपाईको प्रतिक्रिया