भाषा, कला, संस्कृतिको संरक्षणका लागि सबै एकजुट बनौ : मन्त्री कृष्णगोपाल श्रेष्ठ
५ माघ २०७७, सोमबार १६:३७
न्यूज अफ टोखा
सन् २०१८ मा १० खर्ब डलर बजार मूल्य भएको विश्वकै पहिलो गैरसरकारी कम्पनी बन्दै इतिहास रचेको अमेरिकी कम्पनी एप्पलले पुनः अर्को कोशेढुंगा पार गर्दैछ । एप्पल निकट भविष्यमै २० खर्ब डलर बजार मूल्य भएको विश्वको पहिलो कम्पनी बन्दैछ । पछिल्लो समय कोरोना भाइरसको महामारीका कारण विश्वका धेरै कम्पनीहरूको अवस्थामा उतारचढाव आइरहेको छ र यसबाट एप्पल पनि अछुतो रहन सकेको छैन । तर यस्तो प्रतिकूलताका बाबजुद एप्पल कम्पनीको बजार मूल्यले निकट भविष्यमै २० खर्ब डलरको कोशेढुंगा पार गर्ने विश्लेषकहरूले अनुमान गरेका छन् । कल्टोफम्याकका चर्चित टेक एनालिस्ट अमित दर्यानानीले आफ्नो पछिल्लो अनुसन्धान प्रतिवेदनमा यस्तो दाबी गरेका हुन् । उनका अनुसार सन् २०२४ को सेप्टेम्बरसम्ममा एप्पलको बजार मूल्य २० खर्ब डलर पुग्नेछ। रिपोर्टअनुसार सन् २०२४ सम्ममा एप्पलको प्रतिसेयर आम्दानी २३ डलर सम्म पुग्नेछ । उनको प्रक्षेपण वार्षिक १४ प्रतिशत ईपीएस ग्रोथको मोडेलमा आधारित छ । सन् २०२० का लागि एप्पलको ईपीएस १२.७२ डलर हुने र आगामी चार वर्षमा त्यो दोब्बर हुने उनको भनाइ छ । २० खर्ब डलर बजार मूल्यको अद्वितीय सफलता हासिल गर्ने क्रममा एप्पलले थप नयाँ क्षेत्रमा हात नहाल्ने र अहिलेकै आफ्नो मुख्य व्यवसायमा निरन्तर विस्तार गर्ने विश्लेषकको ठहर छ । एप्पलको दुईवटा मुख्य व्यवसाय क्लाउड/सफ्टवेयरका साथै एयरपड्स र एप्पल वाचजस्ता वेयरेबल ग्याजेटको क्षेत्रमा दुई अंकको वृद्धि हासिल हुने उनको प्रक्षेपण छ । साथै एप्पलको हार्डवेयरको व्यवसायभन्दा सर्भिस सेक्टरको व्यवसायमा तीव्र वृद्धि हुने शोधकर्ता दर्यानानीले उल्लेख गरेका छन् । यी दुई क्षेत्रबाट एप्पलले आगामी केही वर्षसम्म वार्षिक क्रमशः ६० अर्ब एक खर्ब डलर आम्दानी गर्न सफल हुने अनुमान रिपोर्टमा गरिएको छ ।
एजेन्सीको सहयोगमा
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
५ माघ २०७७, सोमबार १६:३७
५ माघ २०७७, सोमबार १६:२६
५ माघ २०७७, सोमबार १६:२२
५ माघ २०७७, सोमबार १६:१९
५ माघ २०७७, सोमबार १६:१४
५ माघ २०७७, सोमबार १०:४३
२९ पुष २०७७, बुधबार २२:४६
२९ पुष २०७७, बुधबार २२:३५
२९ पुष २०७७, बुधबार २२:२७
२९ पुष २०७७, बुधबार २२:२३