लघुकथा : आदिवासी आमा

 २३ जेष्ठ २०७७, शुक्रबार १२:५९   | न्यूज अफ टोखा

लघुकथा : आदिवासी आमा

० टङ्कबहादुर आलेमगर

हिउँ परे जस्तै सेतामै छ आमाको केश । थेप्चे नाँक माथि असुहाइलो बसेको पावरे चस्माको देब्रे खुट्टि भाँचिएर धागोले बाधी कानमा सिउरेकी छन् । चस्मा भित्र एकोहोरी रहेका एकजोर चिम्सा आँखा । सुर्के थैलीको मुजा झैँ समयको प्रहारले चाउरिएको अनुहार , तर केही छ चमक । पहिरन बाट आत्माहत्य नभएको परमपरा ।

आज पनि डीलमा बसेर हेरिरहेकी छन् सललल बगेको सुनकोसीलाई । जो ऐतिहास्यिक निकटता छ उहाँको ।

सुनकोसीको किनार टेकेर उठेका उत्तरी र दक्षिणी पहाडका विशाल पाटाहरु । जहाँ आदिवासीका सघन बसोबास छन् अन्य जातिका भाइचारा सङ्ग मनलाई दामासाही लाउदै। जहाँ आ आफ्नै मातृ भाषा र रीतिरिवाजमा रमाका हुन्छन् ।

सशस्त्र आन्दोलनले त्यहाँको सभ्यतालाई पनि जुर्मुर्याएकै हो । त्यहाँको हावापानी पनि सुसाउथे समावेशी र सामनताका कुरा । आदिवासी जिब्रो सङ्गै चराहरु चिर्विराउथे पहिचान सहितको राज्य । त्यस्तै सुन्दर सपना भिरेर आमाको जेठो छोरो हिडेकाे हिडेकै भयो । छोरो सम्झेर धस्की रहन्छिन् आमा आँसुको पहिरो भइ । माइलो पनि सहिद भयो रण मैदान मै ।दुइटी छोरी नछिपी नै पर घर दिन पर्यो । क्रान्तिकारी भुमिगत हौँ भन्थे । राजाका मान्छे आएर दोष दिन्थे छोरीहरुलाई ।

एक दिन श्रीमानलाई जङ्गि मान्छेले केही बुझ्न लगेको , तीन दिनमा लास भेटियो ।

अहिले मायाको पिउसो कान्छो छोरो गाउँ पालिकाको मेयर भएको छ । घरिघरि आमा सोध्छिन् ‘कान्छा ! तेरो बुबा र दाजुहरुको सपना साकार होला ?’

छोरो भन्छ ‘यो राष्ट्रिय कुरो हो ।’

आमा फेरि अलमल्ल पर्छिन् ।

०६ फागुन २०७४
काठमाडौँ
मेरो लघुकथा फेसबुक ग्रुपबाट

Facebook Comments

अन्तिम अपडेट: २३ जेष्ठ २०७७, शुक्रबार १२:५९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया