आरोप पत्र फिर्ता लिएर निर्वाचनमा जान प्रतिवद्धता जनाए पार्टी एकता हुन सक्छ – उप प्रधानमन्त्री पोखरेल
१० माघ २०७७, शनिबार २०:२३
– रचना शर्मा
दैनिक कमाएको ज्यालाले घर चलाएको आश नारायणलाई लामो समयको लकडाउनको पीडाले नराम्रैसित छोयो। “हैन के भो तपाइँलाई ? आज अलि निन्याउरो देखिनु भएको छ नि ?”
पत्नीको प्रश्नको उत्तर दिने जाँगर पनि उसमा भएन। दैनिकी छाक टार्ने समस्या उस्तै थियो। राहतको पित्कोले के धानोस् । सातबारमा सातैदिन व्रत बस्दा पनि देउता खुशी हुन सकेनन् ।
आश नारायणको बाँच्न चाहने आशलाई कोरोनाको लकडाउनले लक गरिदियो। अन्तत: ऊ आन्द्रा सुकाएर यमराजको दरवारमा हाजिर हुन पुग्यो। सार्है भोको देखेर यमराजले पनि दया गरि खिर र पुरिले स्वागत गरी उसका पाप पूण्य केलाउन चित्रगुप्तलाई आदेश दिए ।
आश नारायणको शरीर नेपालकै धरतीमा भएकोले यमलोकबाट यमराजको उपस्थितिमा आफ्नो मृत शरीरको लाईभ हेरिरहेको थियो । पत्नी र छोराछोरी लासमा घोप्टो परेर रुँदै थिए। एकैछिनमा पुलिस, कोरोना परिक्षणका सहकर्मी आदि आए। टाढैबाट लास हेरेर बसिरहेका मानिसहरूको भिडलाई पन्छाउँदै लासको स्वाब परिक्षण गरे।
पत्नी र छोराछोरीको परिक्षण नेगेटिभ देखियो तर आश नारायणको भने पोजेटिभ भएको पुष्टि गरेर सबैलाई त्यहाँबाट हटाइयो । मेरो लघुकथा फेसबुक ग्रुपबाट
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०
९ माघ २०७७, शुक्रबार ११:२९