भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु

 २५ जेष्ठ २०७७, आईतवार ०८:२९   | न्यूज अफ टोखा

न्यूज अफ टोखा

बैतडीको क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका वडा नं ६ कै ३१ बर्षीय पुरुषको शनिबार  मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । 

 एक्कासी साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर मृत्यु भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्र पाटनका हेल्थ असिष्टेन्ट प्रेमसागर भट्टले बताए । 

 मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र स्वाब धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

 ज्यान गुमाएका पुरुष  शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आएर क्वारेन्टिनमा बसेका थिए ।  उनीसंगै बेंगलोरबाट अरु १३ जना पनि आज बिहानै पाटन पुगेका बताइएको छ । उनीहरु पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसीरहेका छन् ।

Facebook Comments

अन्तिम अपडेट: २५ जेष्ठ २०७७, आईतवार ०८:२९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया