घ्य चाकु संल्हुया महिमा
२९ पुष २०७७, बुधबार २२:४६
न्यूज अफ टोखा काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा मंगलबार पनि माइतीघरमा प्रदर्शन भएको छ । युवा–विद्यार्थीहरुले हातमा कालोपट्टी बाँधेर एमसिसीको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा युवा–विद्यार्थीहरुले एमसिसी खारेजीको माग गर्दै चर्को नारा लगाएका छन् ।
विद्यार्थीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । हस्तक्षेपका क्रममा प्रहरीको लाठी प्रहारबाट करिब एक दर्जन विद्यार्थी नेता कार्यकर्ता घाइते भएका छन् । टाउको र शरीरमा चोट लागेका विद्यार्थी नेतालाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ ।
अनेरास्ववियूका नेता समीर बुढाथोकीले भने–‘एमसीसी खारेज गरौ भन्दै स्वाभिमान माग्दा सरकारले लाठी उपहार दियो ।’ प्रहरी हस्तक्षेपका क्रममा भएको लाठी प्रहारबाट अनेरास्ववियू केन्द्रीय सदस्य रविन जङ्ग बस्नेत, समीर वुढाथोकी, निर्ग नवीन, सञ्जिव चौधरी, सञ्जिव फुयाल, दुधराज तामाङ, उपदेश यादव, निरोज श्रेष्ठ, भूमिराज अधिकारी लगायत नेता कार्यकर्ता घाईते भएका छन् ।
फोटोः रातोपाटी डटकम
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
२९ पुष २०७७, बुधबार २२:४६
२९ पुष २०७७, बुधबार २२:३५
२९ पुष २०७७, बुधबार २२:२७
२९ पुष २०७७, बुधबार २२:२३
२८ पुष २०७७, मंगलवार १९:३३
२८ पुष २०७७, मंगलवार १२:३८
२८ पुष २०७७, मंगलवार ११:५३
२७ पुष २०७७, सोमबार १९:२१
२७ पुष २०७७, सोमबार १८:१३
२७ पुष २०७७, सोमबार ११:०७