भाषा, कला, संस्कृतिको संरक्षणका लागि सबै एकजुट बनौ : मन्त्री कृष्णगोपाल श्रेष्ठ
५ माघ २०७७, सोमबार १६:३७
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाभाइरसका कारण सिर्जित चैतपछिको अवस्थाको सबैले जिम्मा लिनुपर्ने बताएका छन् ।
मंगलबार अर्थ मन्त्रालयको विनियोजन विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै खतिवडाले फागुनसम्म खर्चले पिकअप लिएको र चैतपछि फरक परिस्थितति सृजना भएको बताए ।
आर्थिक वृद्धि नगरी राजस्व बढाउन नसकिने भन्दै उनले भने, ‘राजस्वमा एक तहमा वृद्धि हुँदै गएपनि दायरा बढाउँने ठाउँ हुँदैन रहेछ । आर्थिक वृद्धि नगरी राजस्व बढाउन नसकिने रहेछ ।’
सरकारले अहिले पनि देशको अवस्थालाई लिएर राष्ट्र बैंक तथा अर्थमन्त्रालय मार्फत अर्थबुलेटिन र वर्तमान आर्थिक अवस्था प्रकाशन गरिरहेको उनले बताए ।
यसैगरी विद्युतीय सवारीमा अन्य देशले पनि सरकार बढाउने गरेको भन्दै आफ्नो बचाउ गरे ।
उनले एमसीसी संसदले अनुमोदन नगरुन्जेल सोसम्बन्धी वैदेशिक सहायता परिचालन नगर्ने पनि बताए ।
‘एमसीसीको रकम सडक र जलविद्युतमा परिचालन गरिने भनिएको थियो तर अनुमोदन नभएसम्म यसमा सरकार आफैले गर्छ’, उनले भने । एमसीसीको सम्झौतापत्र संसदमा विचाराधीन अवस्थामा रहेको र अहिले नै यसलाई तोडेर अन्तर्राष्ट्रिय सम्बन्ध विगार्न नचाहेको पनि उनले बताए ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
५ माघ २०७७, सोमबार १६:३७
५ माघ २०७७, सोमबार १६:२६
५ माघ २०७७, सोमबार १६:२२
५ माघ २०७७, सोमबार १६:१९
५ माघ २०७७, सोमबार १६:१४
५ माघ २०७७, सोमबार १०:४३
२९ पुष २०७७, बुधबार २२:४६
२९ पुष २०७७, बुधबार २२:३५
२९ पुष २०७७, बुधबार २२:२७
२९ पुष २०७७, बुधबार २२:२३