ओलीलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
११ माघ २०७७, आईतवार २३:४८
न्यूज अफ टोखा काठमाडौं । लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छाप परिवर्तनसम्बन्धी संविधान संशोधन प्रस्तावमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफलमा भाग लिने सबै दलका सांसदले सरकारलाई धन्यवाद दिएका छन् ।
अहिलेसम्म संविधान संशोधन विधेयकबारे मौन रहेको संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टीले समेत समर्थन जनाएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुनमन्त्री डा.शिवमाया तुम्बाहाम्फेले संविधान संशोधन विधेयक सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेकी हुन् । छलफलमा भाग लिँदै सांसदहरूले संविधान संशोधनसँगै अब भूमि फिर्ताका लागि पनि सरकारलाई साथ रहने बताए ।
नेकपाका सांसद खगराज अधिकारी, कांग्रेसका गगन थापालगायतले यसअघि संसदमा पेश गरेका संकल्प प्रस्तावलाई संयुक्त रुपमा छलफल गराएर पारित गराउनसमेत माग गरेका छन् । अधिकारीले गत पुसमै कालापानीबाट भारतीय फौज हटाउन संकल्प प्रस्ताव पेश गरेका थिए ।
गत वैशाखमा कांग्रेसका गगन थापा र नेकपाका विद्या भट्टराईलगायतका सांसदले पनि सोही आशयको संकल्प प्रस्ताव पेश गरेका छन् । ती संकल्प प्रस्तावहरूलाई एकै ठाउँमा राखेर छलफल गराउन सकिने मंगलबारको बैठकमा खगराज अधिकारी र गगन थापाले बताए ।
निशान छाप परिवर्तनसम्बन्धी विधेयकमा नेकपाको तर्फबाट कृष्णभक्त पोखरेल, कांग्रेसका बालकृष्ण खाँड,जसपाका राजेन्द्र श्रेष्ठले समर्थन जनाएका थिए । बैठकमा बोल्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले नक्सा प्रकाशन र संविधान संशोधनमा कुनै एक व्यक्तिको देवत्वकरण हुन नहुने बताए ।
नेकपाका खगराज अधिकारी, शान्ता चौधरी, तुलसी थापा, गंगा चौधरीलगायतले नक्सा प्रकाशन र संविधान संशोधन गरेर सरकारले राष्ट्रियताको पक्षमा पहिलो पटक ऐतिहासिक काम गरेको भन्दै प्रधानमन्त्रीको प्रशंसा गरेका थिए । अधिकारीले केपी ओलीले २०५५ सालमै कालापानीबाट भारतीय फौज हटाउन स्थगन प्रस्ताव संसदमा लगेको समेत स्मरण गरे ।
छलफलमा भाग लिदै जनमोर्चाकी दूर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विधेयक ल्याएकोमा सरकारलाई धन्यवाद दिँदै भूमि फिर्ताको लागि अग्रसर हुन प्रधानमन्त्रीलाई आग्रह गरे।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार २३:४८
११ माघ २०७७, आईतवार २३:३०
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८