थप २७९ जनामा कोरोनानाभाइरस सङ्क्रमण पुष्टि, कोरोनामुक्त भएर ९० जना घर फर्किए

 २८ जेष्ठ २०७७, बुधबार १७:३०   | न्यूज अफ टोखा

काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप २७९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

योसँगै बुधवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ४,३६४ पुगेको छ।

तीमध्ये ६७४ जना निको भएका छन् भने १५ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

अहिले फेला परेका सङ्क्रमिहतरू विभिन्न जिल्लाका हुन्।

तीमध्ये प्रदेश नं २ का जिल्लामा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ पुष्टि भएको हो।

विगत २४ घण्टामा कोभिड-१९ बाट निको भएका ९० जना अस्पतालबाट बिदा भएको मन्त्रालयले जनाएको छ।

मङ्गलवार ३२३ जनामा सङ्क्रमण तथा एक जनाको मृत्यु भएको पुष्टि भएको थियो। गत जेठ २२ मा सर्वाधिक ३३४ सङ्क्रमित फेला परेका थिए।

Facebook Comments

अन्तिम अपडेट: २८ जेष्ठ २०७७, बुधबार १७:३०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया