ओलीलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
११ माघ २०७७, आईतवार २३:४८
न्यूज अफ टोखा
कोरोना संक्रमणको महामारी फैलिएसँगै नाक र मुख ढाक्न लगाइने मास्क हाम्रो दैनिकीको अभिन्न अंग बनेको छ। खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने छिटाबाट कोरोना भाइरसको संक्रमण हुने भएकाले मास्कको महत्व ह्वात्तै बढेको हो।
मास्कको अनिवार्यता बढेसँगै बजारमा धेरैथरीका मास्क देखिन थालेका छन्। एन–९५ देखि सर्जिकल वा स्थानीय रुपमा तयार पारिएका कपडाका सामान्य मास्क लगाएर मानिसहरू हिँडडुल गरिरहेको देखिन्छ।
विश्व स्वास्थ्य संगठन सहितका स्वास्थ्य संस्थाहरूले कोरोनाको संक्रमणबाट जोगिन तीन तहयुक्त मास्क सुरक्षित हुने बताएका छन्। तीमध्ये एन–९५ लाई सबैभन्दा उपयुक्त मानिएको छ। सर्जिकल मास्क पनि संक्रमण रोकथाममा प्रभावकारी मानिन्छ।
वैज्ञानिकहरूले भनेका छन्– मास्क लगाएर मात्रै हुँदैन, तरिका पुर्याएर लगाइएन भने संक्रमणको जोखिम हुन्छ। हामीले मास्क लगाउने क्रममा केही त्यस्ता गल्ती गरिरहेका हुनसक्छौं, जसले गम्भीर असर निम्त्याउन सक्छ। ती सम्भावित गल्तीहरूलाई यहाँ बुँदागत रुपमा प्रस्तुत गरिएको छ।
मास्क ठूलो वा सानो आकारको हुनु
मास्कको साइज ठिक्क मिलेको हुनुपर्छ। वयस्क र केटाकेटीका लागि एकै आकारको मास्क उपयुक्त हुँदैन। मास्क लगाउँदा नाकदेखि चिउँडोसम्म छोपिएको छ कि छैन ध्यान दिनुपर्छ। त्यसैले, मास्क खुकुलो भएर अन्यत्रबाट हावा छिरे–नछिरेको पक्का गर्नुहोस्।
मास्कलाई घरीघरी नमिलाउनुहोस्
मास्कलाई बेलाबेला चलाइरहेने वा मिलाइरहने कसैकसैको बानी हुन्छ। तपाईं बारम्बार मास्कलाई छोइरहनुहुन्छ भने मास्क लगाए–नलगाएको कुनै अर्थ हुँदैन। कतिले त सास फेर्न गाह्रो भएको भन्दै मास्कलाई खुकुलो बनाउँछन्। यसले संक्रमणको जोखिम बढाउँछ। मास्कलाई एडजस्ट गरिहाल्नुपर्यो भने पनि डोरीको सहाराले मिलाउनु सुरक्षित हुन्छ।
नाक बाहिर, मुखमात्र भित्र छ कि?
कसैकसैले मास्क लगाउँदा मुख छोप्ने नाक नछोप्ने गरेको देखिएको छ। यो गलत तरिका हो। यसले जोखिम बढाउँछ। खासगरी मर्निङ वाक गर्ने मानिसहरूले त्यसो गरेको देखिएको छ। नभुल्नुस्, कोभिड–१९ श्वासप्रश्वाससँग सम्बन्धित रोग हो। त्यसैले, नाकमुख राम्ररी ढाकिने गरेर मात्रै मास्क लगाउनुहोस्।
बोल्ने बेलामा मास्क खोल्ने बानी छ?
धेरैको यस्तो बानी छ। तपाईंको त छैन नि? एक्लै हुँदा मास्क लगाउने, बोल्ने बेलामा खोल्ने बानी छ भने तपाईं संक्रमित हुनसक्ने सम्भावना धेरै हुन्छ। कतिले त फोनमा बोल्दा पनि मास्क चिउँडोतिर सार्छन्। यसो गर्नु निकै जोखिमयुक्त छ।
गलत तरिकाले मास्क खोल्नु
कोरोनाको संक्रमणबाट जोगिन मास्क लगाएर मात्र हुँदैन, खोल्ने तरिका पनि जान्नुपर्छ। कहिल्यै पनि मास्कको कपडमा हातले छोइने गरी मास्क नखोल्नुहोस्। दुवैतर्फको डोरिको सहाराले अलक्क खोल्नुहोस् र मास्कलाई सुरक्षित स्थानमा फ्याँक्नुहोस्। अन्य तरिकाले खोल्ने बानी छ भने तपाईं गलत गर्दै हुनुहुन्छ।
उल्टोपाल्टो पारिरहनु
कतिपय मानिसको मास्क लगाउने र फुकाउने गरिरहने बानी हुन्छ। कतिले त कता सुल्टो कता उल्टो पनि थाहा पाउँदैनन्। लगाउने–फुकाउने गर्दा वा सुल्टो–उल्टो पारिरहँदा जोखिम हुन्छ। लगाउनुअघि मास्क सुल्टो भएको निधो गर्नुहोस् र लगाइसकेपछि पटक–पटक नचलाउनुहोस्। एउटै मास्क दोहोर्याइ–तेहेर्याइ लगाउने बानी पनि राम्रो होइन।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार २३:४८
११ माघ २०७७, आईतवार २३:३०
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८