६ सय ७४ जना कोरोना मुक्त

 २८ जेष्ठ २०७७, बुधबार २०:४०   | न्यूज अफ टोखा

न्यूज अफ टोखा

नेपालमा कोरोना भाइरस (कोभिड- १९) संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या ६ सय ७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९० जना कोरोनासंक्रमण मुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

कुल संक्रमितको संख्या भने ४ हजार ३ सय ६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय ७९ जनामा संक्रमण पुष्टि भएको जानकारी प्रवक्ता गौतमले दिएका छन् ।

Facebook Comments

अन्तिम अपडेट: २८ जेष्ठ २०७७, बुधबार २०:४०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया