आरोप पत्र फिर्ता लिएर निर्वाचनमा जान प्रतिवद्धता जनाए पार्टी एकता हुन सक्छ – उप प्रधानमन्त्री पोखरेल
१० माघ २०७७, शनिबार २०:२३
न्यूज अफ टोखा, २९ जेठ २०७७, काठमाडौं । टोखा नगरपालिका- ३ मूःध्वाखामा अवस्थित टोखा शिवपुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरुलाई व्याज, हर्जना तथा समयावधिमा सहुलियत दिनेभएको छ ।
कोरोना भाईरस (कोभिड-१९) महामारीका कारण सदस्यहरुमा पर्न गएको विपतलाई मध्यनजर गरी सो अवधिको कर्जाहरुमा पाकेको व्याज, हर्जना व्याज तथा समयावधिमा सहुलियतको व्यवस्था गरिएको सहकारी संस्थाले जनाएको छ ।
२०७६ चैत्र ११ गते देखि लकडाउन अन्त्य भएको ३० दिन भित्र व्याज बुझाउने सदस्यहरुलाई लकडाउन अवधिको व्याजमा १० प्रतिशत सहुलियत दिनेछ ।
लकडाउन अघि नियमित नभएका कर्जाहरुको हर्जना यथावत गर्ने । तर लकडाउन अवधिको समयका लागि हर्जना गणना नगरी असुलउपर गर्ने र लकडाउन अवधि समाप्त भएको ३० दिनभित्र पनि कर्जा चुक्ता गर्न नआएमा सो अवधिको समेत हर्जना लाग्नेछ ।
लकडाउन सुरु भएको अवधि देखि लकडाउनको कारण नियमित हुन नसकेका कर्जाहरुलाई खराव कर्जामा वर्गीकरण नगरी हर्जना समेत समावेश गरिने छैन ।
लकडाउन अवधि पश्चात समयावधि समाप्त भई कर्जा चुक्ता गर्नु पर्ने वा सो अवधिमा किस्ता भुक्तानी गर्नुपर्ने सदस्य संस्थाहरुको हकमा सो कर्जालाई नियमित कर्जा सरह मानी लकडाउन समाप्त भएको अवधिले बढिमा ६ महिना सम्मका लागि समयावधि थप गर्नेछ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०
९ माघ २०७७, शुक्रबार ११:२९