ओलीलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
११ माघ २०७७, आईतवार २३:४८
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअगाडि सडकमा प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले लाठी, पानीका फोहरा र अश्रुग्यास हानेको छ ।
कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको विरोधमा स्वत:स्फूर्त रूपमा प्रदर्शन गरेका हुन् । उनीहरूले विभिन्न नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
प्रहरीले लाठी ,पानीको फोहोरा र अश्रृग्यास हानेपछि अहिले प्रदर्शनकारी तितरबितर भएका छन् ।
सरकारले हालै कोरोना रोकथाम र नियन्त्रण गर्न दश अर्ब रुपैयाँ खर्च भइसकेको बताएको थियो। उक्त रकम केमा खर्च भयो भन्ने प्रश्न उठिरहेका छन् । यसअघि मंगलबार पनि केही नागरिकहरूले बालुवाटारमा प्रदर्शन गरेका थिए ।
बुधबार संसदमा सांसदहरूले दश अर्ब केमा खर्च भएको सरकारले पारदर्शी ढंगले जवाफ दिनुपर्ने बताएका थिए ।
उक्त प्रश्नमाथि जवाफ दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कोरोनासँग लड्ने बेला भएको र हिसाबकिताब पछि सार्वजनिक गर्ने बताएका थिए ।
दश अर्बको हिसाब सरकारले देखाउन नचाहेको विरोधमा बालुवाटारस्थित सडकमा प्रदर्शन गरिएको हो ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार २३:४८
११ माघ २०७७, आईतवार २३:३०
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८