लकडाउनको मोडालिटी परिर्वतन: व्यापार व्यवसायमा खुकुलो, सवारी जोर-विजोर गरेर सञ्चालन

 २९ जेष्ठ २०७७, बिहीबार ०५:१८   | न्यूज अफ टोखा

जेठ २९, २०७७ काठमाडौं : सरकारले चैत ११ गतेदेखि जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दोकान पसल सञ्‍चालन गर्न दिने निर्णय लिएको हो। 

मन्त्रिपरिषद् बैठकले सामाजिक तथा भौतिक दुरी र सुरक्षा मापदण्ड पालना गरेर पसल दोकान खोल्न दिने निर्णय लिएको हो। सरकारले निजी सवारी साधन पनि अब जोर-बिजोर नियमका आधारमा सञ्‍चालन गर्न दिने निर्णय लिएको एकजना मन्त्रीले जानकारी दिएका छन्। लकडाउनको सबै प्रकृया बिहिबार सार्वजनिक गर्ने बताइएको छ।

सर्वसाधरण व्यावसायीले लकडाउनका कारण सर्वस्व गुमाएको भन्दै आफूखुसी पसलहरु खोल्न थालेपछि सरकारले यो कदम चालेको हो। तर यो नियम काठमाडौं उपत्याकामा मात्रै या देशभरी भन्‍ने केही खुलाइएको छैन। 

लकडाउनका कारण तनाव बढ्दै गएपछि साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले २५ जना विज्ञलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए। उक्त छलफलमा विज्ञहरुले लामो समयसम्म बन्दाबन्दीमा बस्दा देशको अवस्था जटिल हुने भन्दै स्वरुप परिवर्तन गर्न सुझाएका थिए।

Facebook Comments

अन्तिम अपडेट: २९ जेष्ठ २०७७, बिहीबार ०५:१८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया