कोरोना संक्रमणबाट १६ औं व्यक्तिको मृत्यु

 ३० जेष्ठ २०७७, शुक्रबार १९:२९   | सागर राज लवट

न्यूज अफ टोखा

नेपालमा कोरोना संक्रमणबाट १६ औं व्यक्तिको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अर्घाखाँचीका एक ५७ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।  

जिल्लाको मालारानी क्वारेन्टाइनमा रहेका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी घर फर्किने क्रममा उनको बाटोमै मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। योसँगै नेपालमा मृतकको संख्या १६ पुगेको छ। जेठ २९ गते भैरहवामा भएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो। उनी भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका थिए। उनको अर्घाखाँचीमै अन्तेष्टि गरिने भएको छ।

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ। प्रवक्ता गौतमका अनुसार शुक्रबार एकैदिन ४ सय ४८ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको हो। जसमा ४ हजार ७ सय  ९ जना पुरुष र ३ सय ५३ जना महिला रहेका छन्।

विराटनगर अस्पतामा गरिएको परीक्षणमा ९ जना, शिक्षण अस्पतालमा गरीएको परीक्षणमा १० जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा ८ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका १ जनामा कोरोना पोजेटिभ देखिएको उहाँले बताउनुभयो। यस्तै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३१ जना, कोसी अस्पतालमा भएको परीक्षणमा १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा ३७ जना र भेरी अञ्चल अस्पताल प्रयोगशालामा १६ जनामा कोरोना पोजेटिभ देखिएको हो।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ३२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २३, धुलिखेल अस्पतालमा ८ जना, राप्ती स्वास्थय विज्ञान प्रतिष्ठान दाङमा ८ जना, प्रदेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा ८३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा २४ जनामा पोजेटिभ दखिएको छ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ सय ४१ जनाको पोजेटिभ आएको छ। सरकारले पीसीआर परीक्षणको विधिलाई पछिल्लो समय तिव्रता दिएको छ। पछिल्लो २४ घण्टामा करिब ६ सय जनाको पीसीआर परीक्षण भएको छ। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ९ सय २५ र आरडिटी विधिबाट ९ हजार ९ सय ९ जनाको नमुना परीक्षण भएको छ।

अहिलेसम्म पीसीआर विधिबाट १ लाख २१ हजार ८ सय ६२ र आरडिटी विधिबाट १ लाख ८८ हजार ५२ जनाको नमुना परीक्षण भएको छ। अहिले देशभरीका क्वारेन्टाइनमा १ लाख ५८ हजार ५० जना रहेका छन्। आइसोलेसनमा ४ हजार १ सय ६९ जना उपचाररत रहेका छन्। शुक्रबार १६ जना डिस्चार्ज भएसँगै आजसम्म ८ सय ७७ जना डिस्चार्ज भएका छन्।

Facebook Comments

अन्तिम अपडेट: ३० जेष्ठ २०७७, शुक्रबार १९:२९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया