आरोप पत्र फिर्ता लिएर निर्वाचनमा जान प्रतिवद्धता जनाए पार्टी एकता हुन सक्छ – उप प्रधानमन्त्री पोखरेल
१० माघ २०७७, शनिबार २०:२३
न्युज अफ टोखा
भक्तपुरमा दुर्लभ स्तनधारी जनावर सालक फेला परेको छ । नेपालमा रहेका स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने सालक गएको बुधबार राती भक्तपुर नगरपालिका ७ जगातीमा फेला परेको हो ।
महानगरीय प्रहरी वृत्त जगातीबाट सुरक्षा गस्तीमा गएको प्रहरी टोलीले फेला पारेको थियो । प्रहरीले उक्त सालक इलाका वन कार्यालय सूर्यविनायकको जिम्मा लगाएको थियो । इलाका वन कार्यालय सूर्यविनायकले भने भक्तपुरकै सूर्यविनायक नपा ८ सिपाडोलस्थित तौडोल छाप सामुदायिक वन उपभोक्ता समूहलाई उक्त सालक हस्तान्तरण गरेको छ । इलाका वन कार्यालयकी फरेस्टर रोशनी बुढाथोकीले तौडोलछाप सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष महेश्वर बोहरालाई उक्त सालक हस्तान्तरण गरेकी हुन् । समूहले प्राप्त गरेको उक्त सालक इलाका वन कार्यालय सालकसम्बन्धी अध्ययेता तुलसीलक्ष्मी सुवाल, समूहका पूर्वअध्यक्ष दीपेन्द्र थापा, सल्लाहकार रामेश्वर बोहरा, सञ्चारकर्मीलगायतको उपस्थितिमा सामुदायिक वनमा छोडिएको छ ।
तौडोल छाप सामुदायिक वनमा यसरी विभिन्न ठाउँमा फेला परेका ११ वटा सालक छोडिइसकेको छ । जिल्ला वन कार्यालयले उक्त सामुदायिक वनलाई सालक संरक्षण क्षेत्रसमेत घोषणा गरेको छ । त्यसैले जिल्लाभित्र कतै दुर्लभ सालक भेटिए तौडोल छाप सामुदायिक वनमै छोड्ने गर्दै आएको समूहका अध्यक्ष बोहराले जानकारी दिए ।
उनका अनुसार तौडोल छाप सामुदायिक वन क्षेत्रमा करिब ७० वटाको सालक रहेका छन् । उक्त वनमा सालकको संख्या तथा उनीहरुको गतिविधि अवलोकन गर्न क्यामरा ट्रापिङ र जीपीएस कोडिङको व्यवस्था गरिएको थियो । उक्त क्यामेरा ट्राफिङमा सालक देखिएको अध्यक्ष बोहराले जानकारी दिए ।
‘क्यामेरा ट्रापिङमा धेरै सालक देखिएपछि हामीले सामुदायिक वनलाई सालक संरक्षित क्षेत्र नै बनाएर यसको रेखदेख गर्दै आएका छौं’, उनले भने, ‘सालक संरक्षित क्षेत्र भएकाले यहाँ वर्सेनि सालक अध्ययन गर्न भनी विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुसमेत आउने गरेका छन् ।’
भक्तपुरमा फेला परेर उक्त वनमा छोडिएको सालक वयस्क भाले भएको इलाका वन कार्यालय सूर्यविनायककी फरेस्टर बुढाथोकीले जानकारी दिइन् । उक्त सालकको लम्बाइ ८९ सेन्टिमिटर र तौल ५.१ किलोग्राम रहेको छ ।
लामो समयदेखि सालकसम्बन्धी अनुसन्धान गर्दै आएकी तुलसीलक्ष्मी सुवालले सालक दिनभरि सुत्ने र खानाको लागि रातीमात्रै आफ्नो दुलोबाट बाहिर आउने बताइन् ।
त्यसैले उक्त सालक खाना खोज्दै तौडोल छापबाट जगातीसम्म पुगेको हुनसक्ने उनले अनुमान गरिन् । बुधबार सालक भेटिएको जगाती र तौडोल छाप सामुदायिक वनको दूरी करिब तीन किलोमिटर रहेको छ ।
‘सामुदायिक वनबाट खाना र पानीको खोजीमा राती निस्केको सालक बाटो भुलेर जगाती पुगेको हुनसक्छ’, उनले भनिन्, ‘सालक दिनभरि सुत्छ र राती खाना तथा पानीको लागि दुलोबाट बाहिर आउँछ ।’
उनका अनुसार सालक उत्तर मोहदाको सेपिलो र भिरालो जंगल क्षेत्रमा बढी पाइन्छ । जसअनुसार भक्तपुरको सूर्यविनायक वनको पूर्व–पश्चिम फैलिएको उत्तर मोहदाको जंगलमा सालक पाइएको आफ्नो अनसुन्धानमा देखिएको उनले जानकारी दिइन् ।
Indepth.com.np बाट साभार
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०
९ माघ २०७७, शुक्रबार ११:२९