चीन र भारतबीच गलवान उपत्यकामा भएको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु भएको दाबी

 ३ असार २०७७, बुधबार ०९:२२   | न्यूज अफ टोखा

न्यूज अफ टोखा

भारतीय र चिनियाँ सेनाबीच लद्दाखको गलवान उपत्यकामा भएको भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएको जनाइएको छ । स्रोतलाई उद्धृत गर्दै भारतीय टेलिभिजन च्यानल ईन्डिया टूडेले उल्लेख गरे अनुसार भारततर्फ २० जना सैनिकको मृत्यु भएको छ भने अझैं थुप्रै क्षति भएको हुन सक्ने अनुमान गरेको छ ।

यसअघि भारतीय सञ्चार माध्यमहरूले नै झडप भएको र तीन भारतीय सैनिकको मृत्यु भएको बताएका थिए ।भारत र चीनको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा सोमबार राति भिडन्त भएको थियो ।

केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ भने भारतीय सेना चिनियाँ क्षेत्रमा प्रवेश गरेकाले विवाद भएको चीनको भनाइ छ।चिनियाँ विदेश मन्त्रालयले घटनामा प्रतिक्रिया दिँदै भनेको छ, “चिनियाँ सैनिकहरुमाथि आक्रमण तथा उत्तेजना गर्ने काम भएपछि भारत र चीनका फौजबीच सीमा क्षेत्रमा भौतिक आक्रमणमा उत्रिएको हो ।”विगत लामो समयदेखि भारत र चीनबीच सीमामा तनाव हुँदै आएको भएपनि झडपमा २० जनाको मृत्यु भएको यो पहिलो घटना हो।

भारत र चीनबीच सन् १९६२ मा भएको युद्धमा भारत पराजित भएको थियो। सो समयदेखि भारतले चीनलाई ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको आरोप लगाउँदै आइरहेको छ।पटकपटक भारतीय चिनियाँ सैनिकबीच सीमा क्षेत्रमा झडपहरू भइरहेको भएपनि वार्ताबाट समाधान निस्कन सकेको छैन ।

एजेन्सी

Facebook Comments

अन्तिम अपडेट: ३ असार २०७७, बुधबार ०९:२२

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया