जापानले मुख्य रेल लाइनमा भिडको अवस्थाबारे जानकारी गराउन फोन एप विस्तार

 ३ असार २०७७, बुधबार ०९:४०   | न्यूज अफ टोखा

न्यूज अफ टोखा

टोकियोमा यात्रीहरुलाई मुख्य रेल लाइनमा भिडको अवस्थाबारे जानकारी गराउन फोन एप विस्तार गर्न थालिएको छ । इष्ट जापान रेलवे कम्पनीले मंगलबार यस्तो बताएको हो ।

कोरोना भाइरसको महामारी फैलिएकै बेलामा एपको प्रयोग बढेपछि कम्पनीले यस्तो उपाय अपनाउन लागेको हो । कम्पनीका अनुसार टोकियो र आसपासका क्षेत्रमा रहेको मुख्य रेल लाइनका लागि मध्य जुनदेखि एप ल्याइनेछ ।

एपले रेलको अवस्थालाई बस्न मिल्ने देखि अति नै भिड भनेर पाँच स्तरमा विभाजित गर्नेछ र हरेक पाँच पाँच मिनेटको स्थितिको अपडेट दिनेछ । यो सेवा सन् २०१४ को मार्च यता जेआर यामानोट लूप लाइनका लागि उपलब्ध थियो ।

कोरोना भाइरसको महामारीको बेलामा यसको आवश्यकता झनै बढेको महसुस भएपछि कम्पनीले सेवा विस्तार गरेको हो । कम्पनीका अनुसार एपको दैनिक प्रयोग महामारी अघि करीब १ हजार पटक थियो । तर महामारी लगत्तै यसको प्रयोग दैनिक १० हजार भयो । तर सोमबार भने यसको दैनिक प्रयोग ३० हजार पटकमा उक्लिएको छ ।

मे महिना यता जेआर चुओ र तोकाइदो लाइन समेत टोकियो महानगर क्षेत्रमा कूल १३ रेल लाइन चलेको छ । हरेक ३० – ३० मिनेटमा यिनीहरुले आफ्नो वेबसाइट र एपमा भिडको अवस्थाबारे जानकारी जारी गर्ने गरिरहेका छन् ।

याहू जापान कर्पोरेशनले पनि यसको रेल रुट सर्च एपमा नयाँ फिचर थपेको छ । भिडभाड नहोस् र कोरोना भाइरसको संक्रमण नसरोस् भनेर यसले हरेक समय रेल लाइनमा कति भिड छ भन्ने कुरा देखाउँन थालेको छ ।

नयाँ फङ्क्शन शुरुमा टोकियो महानगर, कान्साई क्षेत्र र शिन्कान्सेन बुलेट रेलमा रहेका कूल ६५ ओटा जेआर र निजी रेल लाइनमा चल्नेछ । विस्तारै यसलाई अन्य लाइनमा पनि विस्तार गरिनेछ । भिडको स्तर पनि दिनको समयको आधारमा चार स्तरमा विभाजित गरिनेछ ।

Facebook Comments

अन्तिम अपडेट: ३ असार २०७७, बुधबार ०९:४०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया