नेपालमा कोभिड- १९ बाट मृत्यु हुनेको संख्या २० पुग्यो, बाँकेकी ४६ वर्षीया महिलाको मृत्यु

 ३ असार २०७७, बुधबार १९:०२   | न्यूज अफ टोखा

काठमाडौ‌ं‌ । नेपालमा कोरोनाभाइरस (कोभिड– १९) संक्रमित भएर मृत्यु हुनेको संख्या २० पुगेको छ ।

पछिल्लोपटक बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ की ४६ वर्षीया महिला नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मिर्गौलाको समस्याका कारण अस्पताल भर्ना भएकी ती महिलाको कोभिड- १९ परीक्षण गर्दा पोजेटिभ नतिजा आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनको मृत्युपश्चात नतिजा पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

Facebook Comments

अन्तिम अपडेट: ३ असार २०७७, बुधबार १९:०२

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया