ओलीलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
११ माघ २०७७, आईतवार २३:४८
सन्नाटा छाएको छ चारैतिर,
निलो, कालो भएको छ, आकाश आज !
सायद,
कयौ “अधुरा सपना” हरु काठका बाकसमा फर्किदै गरेकोले होला !!
कतिका अनुहारहरु धुम्म थिए,
कति त बिरक्तिएर, मौन थिए, आफन्तको पर्खाईमा !
कोहि मन भारि बनाउँदै,
सुस्त सुस्त यताउति टहलाउँदै थिए, राम्रो चटक्क परेको एयरपोर्टमा !!
कोहि छटपटाउँदै थिए त, कोहि एकोहोरो टोलाउँदै,
विधाताले पनि निक्कै छल गरेछ आज !
गुजारा नचलेपछि परिवारको छाक टार्ने सपना बोकी,
आकाशमा उडेका धेरै युवाहरू बाकसमा फर्कदै छन् रे आज !!
जिन्दगि त चलाउनु छ जसोरी पनि,
दुःख को कहानी आफ्नै छ जता हेरे पनि !
बारम्बार आँखाबाट चुहिन खोज्ने आँशु थामिदैनन आँखाका डिल बाट,
सकिदैन कसै गरि, जति नै मन सम्हाल्न खोज्दा पनि !!
कसैको छोरा, कसैको बाबा अनि कसैको आमा,
सबको खुशी खोसिएको देखिदैछ किन ?
रात साँझ–बिहान नभनी हाड घोटिरहेका सबको,
आडभरोसा नै छिनी कन, दैब किन, निष्ठुर हुन्छौ झन ??
(अधुरा सपना बोकी काठका बाकसमा फर्किएका मृतकहरु प्रति हार्दिक श्रद्धान्जली)
मिति : २०७७/०३/०६
रचना : घनश्याम श्रेष्ठ, काठमाडौँ
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार २३:४८
११ माघ २०७७, आईतवार २३:३०
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८