आरोप पत्र फिर्ता लिएर निर्वाचनमा जान प्रतिवद्धता जनाए पार्टी एकता हुन सक्छ – उप प्रधानमन्त्री पोखरेल
१० माघ २०७७, शनिबार २०:२३
काठमाडौ । चीन र भारतबीच लद्दाखमा भैरहेको तनाब र सैनिकहरु मारिएको घटनामा विश्वका विभिन्न देशले प्रतिक्रिया दिइरहेका बेला दुई देशको बीचमा अवस्थित सानो मुलुक नेपालको प्रतिक्रिया के होला ?
दुवै देशका मिडियाले नेपाललाई चासोका साथ आ–आफ्नो ढंगले प्रभावित पार्न खोजिरहेको बेला हामीले नेपाल सरकारको धारणा बुझ्न खोज्यौं । चीन र भारतबीच यसअघि दोक्लाम विवादको बेला समेत औपचारिक प्रतिक्रिया नदिएको नेपालले लद्दाख प्रकरणमा पनि सोही नीति अख्तियार गर्ने देखिएको छ ।
दुवै छिमेकीसँग समानतामा आधारित असल सम्बन्ध राख्ने र कुनै एकको पक्षमा नउभिने नेपालको नीति हुनुपर्नेमा सरकार दृढ छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले छिमेकीबीच शान्ति कायम होस् र तनाव कम होस् भन्ने पक्षमा नेपाल रहेको बताए । अनलाइनखबरसँग कुरा गर्दै मन्त्री ज्ञवालीले भने, ‘हामी हाम्रा छिमेकीबीच असल सम्बन्धको पक्षमा छौं । उहाहरुबीच तनाव कम होस् र शान्ति कायम होस् भन्ने हाम्रो मान्यता स्पष्ट छ ।’
पछिल्लो समय नक्सा प्रकाशन र संविधान संशोधनबाट त्यसलाई आधिकारिक मान्यता दिइएपछि नेपाल र भारतबीच संवाद छैन । चीन भने उच्चस्तरमै संवादमा छ । बिहीबार मात्र परराष्ट्रमन्त्री ज्ञवाली कोभिड र बीआरई सम्बन्धी चीनले आयोजना गरेको भर्चुअल ग्लोबल सम्मेलनमा सहभागी भएका थिए ।
आज दुवै देशका सत्तारुढ कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू संयुक्त कार्यशालामा छलफलका लागि सहभागी हुँदैछन् । नेपालले केही दिन अघिमात्र हङकङ मामिलामा चीनले अघि सारेको प्रशासनिक कदमको समर्थन गर्दै वक्तव्य जारी गरेको थियो ।
किन चलेन गोली ?
सन् १९९६ मा चीन र भारतबीच एउटा समझदारी भएको थियो, जसअनुसार लाइन अफ एक्चुअल कन्ट्रोल (एलओसी) को दुई किलोमिटरभित्र दुवै पक्षले फायर खोल्न पाउँदैनन् । २४ वर्षसम्म दुवै पक्षका सेनाले यो सहमतिलाई पालना गरिरहेका छन् र सीमा क्षेत्रमा गोली चलेको छैन । यसबीचमा पटकपटक भएका टकरावमा दुई देशका सैनिकहरूबीच धकेलाधकेल र ढुंगा हानाहान हुने गर्थे ।
एलओसीमा गस्ती गर्ने सैनिकहरूले राइफल र अन्य हतियार त बोकेका हुन्छन् । तर त्यसको प्रयोग गर्न नपाउने दुई देशको सहमति छ ।
एक देशको सेनाले अर्को देशको सेनासँग कुराकानी गर्न जानुपर्यो भने हतियार बोक्न नपाइने सहमति छ । यद्यपि, यस्तोबेला सैनिकहरूले हतियार लुकाएर लैजाने गरेको पाइन्छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरलाई बिहीबार एक पत्रकार सम्मेलनमा भारतीय पक्षले हतियार प्रयोग नगरेको विषयमा सोधिएको थियो । त्यसमा उनले जवाफ दिए कि भारतीय सैनिकले बन्दुक बोकेका थिए, तर सहमति तोडिने भएकाले फायर खोलेनन् ।
लद्दाखमा भएको भिडन्तका लागि दुबै देशले एक अर्कामाथि दोषारोपण गरेका छन् । भारतीय सैनिकहरु सीमारेखा उल्लंघन गरेर आफ्नो क्षेत्रमा पसी आक्रमण गरेको चीनको दाबी छ । भारतले चाहिँ आफ्ना सैनिकहरु चिनियाँ पक्षसँग सौहार्दतापूर्वक कुरा गर्न जाँदा घातक हमला भएको जनाएको छ । स्रोतः अनलाइन अबर
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०
९ माघ २०७७, शुक्रबार ११:२९