भाषा, कला, संस्कृतिको संरक्षणका लागि सबै एकजुट बनौ : मन्त्री कृष्णगोपाल श्रेष्ठ
५ माघ २०७७, सोमबार १६:३७
न्यूज अफ टोखा
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले अमेरिकी सहस्राब्दी परियोजना (एमसीसी) को विरोध नगर्नेहरू देशभक्त हुननसक्ने बताउनुभएको छ ।
शुक्रबार एबीसी टेलिभिजनको आउटलुक कार्यक्रममा सञ्चारकर्मी शुभशङ्कर कँडेलसँग नेपालको वाम आन्दोलन र समसामयिक विषयमा कुराकानी गर्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले एमसीसीको विषयमा एबीसीमात्र पढ्नुभयो, पूरा विवरण पढ्नुभएन । प्रमले एमसीसी अमेरिकी सैनिक रणनीति होइन भन्दै गर्दा अमेरिकी अधिकारीहरू मुसुमुुसु हाँसिरहेका छन् ।”
बिजुक्छेँले चीन र भारतबीच गलवन उपत्यकामा भएको द्वन्द्व भारतीय फासीवाद र चिनियाँ समाजवादबीचको वैचारिक सङ्घर्ष भएको बताउनुभयो । भारतीय शासक वर्गले नेपालले कुनै पनि अरू देशसँग सम्बन्ध राखोस् भनी नचाहेको प्रस्ट पार्दै उहाँले सन् १९६२ मा चीन र भारत युद्धको एउटा कारण नेपाल पनि भएको बताउनुभयो ।
नेपालको कम्युनिस्ट आन्दोलनबारे सोधिएका विभिन्न प्रश्नहरूको जवाफ दिने क्रममा अध्यक्ष बिजुक्छँेले नेपालको कम्युनिस्ट आन्दोलनको सुरूवाती चरण वैचारिक र सैद्धान्तिक स्पष्टताको आधारमा भन्दा भावनात्मक पक्ष बढी प्रबल भएको बताउनुभयो ।
“कम्युनिस्ट पार्टीका सदस्यहरूलाई माक्र्सवादबारे कममात्र थाहा थियो । जमिनमा मोहियानी हकजस्ता आर्थिक मुद्दामा बढी आन्दोलन केन्द्रित थियो”, उहाँले भन्नुभयो ।
एमाले र माओवादी केन्द्रबीच एकताबारे टिप्पणी गर्दै उहाँले पार्टी एकता सिद्धान्त र लक्ष्यको आधारमा हुनुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “गलत एकताभन्दा सङ्घर्ष धेरै राम्रो कुरा हो ।”
मदन भण्डारीले प्रतिपादन गरिएको भनिएको जनताको बहुदलीय जनवाद प्रस्टतः संशोधनवादी विचार भएको चर्चा गर्दै अध्यक्ष रोहितले उहाँले बर्नस्टिनको संशोधनवादी विचारधारालाई नै मदन भण्डारीले जनताको बहुदलीय जनवादको रूपमा अघि सारेको बताउनुभयो ।
सरकारमा बहुमत हुँदैमा कम्युनिस्ट पार्टी आफ्नो लक्ष्यमा सफल नहुने बताउँदै बिजुक्छेँले कुनै बेला इटालीको कम्युनिस्ट पार्टी समाजवादी देशका कम्युनिस्ट पार्टीबाहेक सबभन्दा ठुलो कम्युनिस्ट पार्टी भएर पनि आफ्नो लक्ष्यमा सफल नभएको बताउनुभयो ।
“किनभने इटालीको कम्युनिस्ट पार्टी संशोधनवादी पार्टी थियो”, उहाँले प्रस्ट पार्नुभयो ।
“दोस्रो विश्वयुद्धपछि युरोपका धेरै देशमा कम्युनिस्ट पार्टी ठुला र बलिया थिए । तर, उनीहरूले समाजवाद स्थापना गर्नसकेनन् । किनभने उनीहरूले समातेको विचारधारा सही थिएन”, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
कम्युनिस्ट आन्दोलनलाई बदनाम र असफल बनाउन कम्युनिस्ट पार्टीभित्रै प्रतिक्रियावादीहरू घुस्ने गरेको विभिन्न प्रस·हरूबारे उहाँले चर्चा गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले सत्तारूढ नेकपाभित्र प्रतिक्रियावादी हाबी भएको चर्चा गर्दै जिन्दगीभर कम्युनिस्ट पार्टीका कार्यकर्तालाई अनेक दुःख दिइरहेका प्रतिक्रियावादीहरू अहिले नेकपाका नेता भएको बताउनुभयो ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
५ माघ २०७७, सोमबार १६:३७
५ माघ २०७७, सोमबार १६:२६
५ माघ २०७७, सोमबार १६:२२
५ माघ २०७७, सोमबार १६:१९
५ माघ २०७७, सोमबार १६:१४
५ माघ २०७७, सोमबार १०:४३
२९ पुष २०७७, बुधबार २२:४६
२९ पुष २०७७, बुधबार २२:३५
२९ पुष २०७७, बुधबार २२:२७
२९ पुष २०७७, बुधबार २२:२३