काठमाडौं बाहिर जान स्थानीय तहको सिफारिस अनिवार्य

 ८ असार २०७७, सोमबार २०:४३   | न्यूज अफ टोखा

काठमाडौं । अब काठमाडौँ बाहिर जान पनि स्थानीय तहको सिफारिस चाहिने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार एक सूचना जारी गरेर  उपत्यकाबाहिर जाँदा नियमपूर्वक क्वारेन्टाइनमा राख्ने व्यहोरा सम्बन्धित स्थानीय तहले प्रमाणित गरेपछि मात्रै पास वितरण गर्ने उल्लेख गरेको हो।

स्थानीय तहमा जानका लागि पास माग गरिन्छ सोही स्थानीय तहले नियमपूर्वक क्वारेन्टिनमा राख्नेबारे प्रमाणित गरेर पढाउनु पर्नेछ।

काठमाडौँ प्रशासनले बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन संकलन गर्ने छ। औचित्यको आधारमा दिउँसो साढे २ बजेपछि  पास वितरण गर्नेछ। 


Facebook Comments

अन्तिम अपडेट: ८ असार २०७७, सोमबार २०:४३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया