‘भ्वाइस ट्वित’ फिचर सुरु गर्दै ट्विटर

 ९ असार २०७७, मंगलवार ०८:०१   | न्यूज अफ टोखा

न्यूज अफ टोखा

२८० अक्षरको सीमा रोकिने भएको छ ट्विटरमा भ्वाइस बाट ट्विट गर्न सकिने ।

माइक्रो ब्लगिङ साइट ट्विटरसँग प्रायः प्रयोगकर्ताहरुको गुनासो नै यो हुन्छ कि उक्त प्लाटर्फममा आफ्ना विचार तथा भावनाहरु व्यक्त गर्नका लागि केही सीमाहरु छन् ।

त्यसमध्ये सबैभन्दा ठूलो अड्नच अक्षरहरुको सीमा हो । कहिलेकाहीँ २८० अक्षरको सीमाले निकै समस्या पार्दछन् र आफ्ना कुराहरु टुक्राटुक्रामा ट्विट गर्नुपर्ने बाध्यता हुन्छ । अक्षरको सीमाकै कारण आफूले व्यक्त गर्न चाहेको कुरा सही शब्दमा बयान गर्न नपाएको गुनासो पनि प्रयोगकर्ताको रहने गर्दछ ।

तर ट्विटर प्रयोगकर्ताहरुले यस्तो खालको गुनासो गर्नु नपर्ने अवस्थाको सिर्जना हुँदैछ । किनकि प्रयोगकर्ताका यी सबै गुनासोहरुलाई मध्यनजर गर्दै ट्विटरले एक नयाँ फिचर लञ्च गरेको छ ।

हाल परीक्षणको रुपमा जारी गरिएको यस नयाँ फिचरको प्रयोग गरी प्रयोगकर्ताले कुनै अक्षर टाइप नगरी आफ्नो सन्देश ट्विट गर्न सक्नेछन् । अर्थात् ट्विटरले जारी गरेको भ्वाइस फिचरसँगै अब ट्विटर प्रयोगकर्ताले आफ्नो आवाज रेकर्ड गरेर ट्विट गर्न सक्नेछन् ।

यो सँगै ट्विटर प्रयोगकर्ताहरुलाई अक्षरहरु टाइप गर्ने तथा अक्षरको सीमाभित्र बाँधिने झण्झट हट्नेछ र प्रयोगकर्ताहरुले आफ्ना मनका विचार तथा भावनाहरुलाई आवाजमै ट्विट गर्न पाउनेछन् ।

के छ विशेषता ?

भ्वाइस ट्विटका लागि प्रयोगकर्ताले अधिकतम १४० सेकेण्डसम्मको अडियो रेकर्ड गरेर ट्विट गर्न सक्नेछन् । यदि १४० सेकेण्डमा पनि मनको कुरा सकिएन भने थ्रेडका रुपमा अर्को नयाँ भ्वाइस ट्विट आफैं बन्नेछ ।

आफ्नो ट्विट गर्नुपर्ने आवाजको रेकर्डिङ सकिएसँगै रेकर्ड अन्त्य गर्ने बटन ट्याप गर्नुपर्दछ र त्यसपछि कम्पोजर स्कृनमा गई त्यसलाई ट्विट गर्न सकिन्छ । उक्त भ्वाइस ट्विट पनि अन्य शाब्दिकट्विट जस्तै प्रयोगकर्ताको टाइमलाइन देखिनेछ ।

ट्विटरका अनुसार अहिले यो फिचर परीक्षणका रुपमा लञ्च गरिएको हो र केवल केही एप्पल प्रयोगकर्ताहरुका लागि मात्र उपलब्ध छ । तथापि आगामी केही हप्तामै ट्विटरको यो फिचर सबै आइओएस प्रयोगकर्ताले प्रयोग गर्न पाउने ट्विटरले जनाएको छ ।

एन्ड्रोइड फोनमा भ्वाइस ट्विट सुविधा कहिलेदेखि सुरु हुन्छ भन्ने बारेमा चाहिँ ट्विटरले कुनै जानकारी दिएको छैन ।

बिबिसी सहयोग

Facebook Comments

अन्तिम अपडेट: ९ असार २०७७, मंगलवार ०८:०१

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया