एमसीसी खारेजीको माग गर्दै टोखामा पदयात्रा

 ११ असार २०७७, बिहीबार २१:३५   | न्यूज अफ टोखा

काठमाडौं। एमसीसी परियोजना खारेजीको माग गर्दै टोखामा सांस्कृतिक शान्ति पदयात्रा गरेको छ ।

बिहिबार ससुख्यबाट शुरु भएको सो पदयात्रामा राष्ट्रघाती भएको भन्दै एमसीसी खारेजीको माग गरिएको हो ।

हलि नेवाः गुथि टोखाको संयोजकत्वमा भएको उक्त यात्रा टोखाको ससुख्य, मूल बस्ती हुदै लबुं सपनतिर्थ गणेशस्थान हुँदै पुन ससुख्यमा समापन गरिएको थियो ।

‘असार १२ गते दिउँसो १ बजे ‘बसन्तपुर जाऔं, राष्ट्रघाती एमसीसी खोरज अभियानमा सहभागी बनौं’ भनी आव्हान गरिएको पदयात्रा यात्रा असार ५ गते भक्तपुरको मध्यपुर थिमिको नगदेशबाट शुरु भएको थियो ।

राष्ट्रिय स्वाधीनता, सह अस्तित्व तथा सुशासनका लागि काठमाडौं उपत्यकाव्यापी नागरिक सांस्कृतिक शान्ति पदयात्रा स्थानीय जनतालाई जागरुक गराउन शुरु गरिएको अभियानका संयोजक सुमन साय्मीले बताए ।


एमसीसी खोरजको माग गर्दै अघि बढेको पदयात्रामा सहभागीले ‘उत्पादनशील भूमिको संरक्षण गर, संस्कृति, सम्पदाको संरक्षण गर, गुठी स्वायत्तता स्थापित गर, सभ्यता माथिको आक्रमण बन्द गर, सबै भ्रष्टाचारीहरुलाई कारवाही गर, नागरिक आवाजको सुनुवाई गर’ लगायतका नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए ।

Facebook Comments

अन्तिम अपडेट: ११ असार २०७७, बिहीबार २१:३५

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया