कोरोना संक्रमित ११ हजार नाघे,बिहीबार थपिए ४३४

 ११ असार २०७७, बिहीबार २०:४२   | न्यूज अफ टोखा

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा  ४३४ जना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। 

आज थपिएका संक्रमितहरूमा ४८ जना महिला र ३८६ पुरुष छन्। यससँगै नेपालमा हाल कुल संक्रमितको संख्या ११ हजार १६२ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। हालसम्म रसुवाबाहेक ७६ जिल्लामा कोरोना संक्रमित पुगिसकेको छ।

Facebook Comments

अन्तिम अपडेट: ११ असार २०७७, बिहीबार २०:४२

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया