घर फर्केका चार जनामा कोरोना संक्रमण पुष्टि

 ११ असार २०७७, बिहीबार १९:५२   | न्यूज अफ टोखा

न्यूज अफ टोखा काठमाडौं । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनबाट घर फर्केका चार जनामा (कोभिड–१९) कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उनीहरु २३ जेठमा यूएईबाट नेपाल आएका थिए । एयर अरेबियाको जी ९ १७५१ नम्बरको विमानले १५७ जनालाई काठमाडौं ल्याइपुर्याएको थियो ।

उनी लामो समयसम्म स्वाब संकलन गर्ने वा नगर्ने अन्यौल थियो । १४ दिन बसेपछि स्वाब संकलन गरेर पठाइयो । त्यसको तीन दिनपछि उनीहरु घर फर्केका थिए ।

तर बिहीबार १० मध्ये एक महिला र तीन पुरुष गरी ४ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य प्रमुख कृष्णबहादुर मिजार भन्छन्, ‘उहाँहरुको स्वाब संकलन गर्ने नगर्ने नै अन्यौल थियो। स्वाब लिएपछि पनि रिपोर्ट आउन ढिला भएपछि तीन दिन अगाडि घर पठाएको थियो।’

अब संक्रमण पुष्टि भएकाहरुलाई पाटन अस्पताल जान भनिएको उनले बताए ।

Facebook Comments

अन्तिम अपडेट: ११ असार २०७७, बिहीबार १९:५२

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया