नगर प्रमुखले निषेधको राजनीति गरेको आरोप

 ११ असार २०७७, बिहीबार १०:४३   | न्यूज अफ टोखा

काठमाडौं । बुधबार सम्पन्न टोखा नगरपालिकाको सातौँ नगरसभामा फरक मत राखेका प्रतिपक्षीयहरुलाई माइन्युटमा हस्ताक्षर समेत गर्न नदिई माइन्युट लगसँगै नगर प्रमुखले निषेधको राजनीति गरेको आरोप लगाएका छन् ।

कार्यक्रम सकेसंगै २१ बुँदे फरक मत राखेका २१ जना नगरसभा सदस्यहरुले फरक मतसँगै नोटअफ डिसेन्ट लेख्ने तथा कार्यक्रममा उपस्थिति जनाउन हस्ताक्षर गर्ने कार्यक्रम बाँकी रहेकै बेला नगरप्रमुख प्रकाश अधिकारीको निर्देशनमा माइन्युट लुकाएर लगेको आरोप समेत लगाएका छन् ।

कम्युटर अपरेटरसँगै बसेर तयार गरिरहेको अवस्थामा नगरप्रमुखले नीति तथा कार्यक्रम पारित गरि कार्यक्रम सकाएसँगै बिना जानकारी एका एक मान्युट र कम्युटर अपरेटर गायब बनाएको २ नं वडाका वडाअध्यक्ष दिपक राज जोशीले बताए ।

नगरप्रमुखको यो कार्यशैलि प्रति असंतुष्ट पक्षले यदि यसरी नै निषेधको राजनीति गर्ने हो भने नगरसभाबाट पारीत गरिएका नीति तथा कार्यक्रम कुनै पनि हाल्तमा सफल हुन नदिने चेतावनी समेत दिएका छन् ।

नगरसभा सदस्यहरुले आफ्नो असहमति राख्न पाउने नैंसर्गिक अधिकारको हन्न गरिएको भन्दै नगरप्रमुखलले गरेको कार्य शैय नहुने ६ वडाका वडा सदस्य शान्ता खनालले आक्रोस पोखिन् ।

यदि हामीलाई हाम्रो नैंसर्गिक अधिकारबाट बञ्चित गरिन्छ भने यसबाट भविष्यमा उत्पन्न हुन्सक्ने सम्भावित दुर्घटनाको जवाफदेहिता स्वयं नगरप्रमुख हुने प्रतिपक्षीयले भनेका छन् ।

प्रतिपक्षीयको रुपमा रहेका नेपाली काँग्रस निकतका २१ जनात नगर कार्यपालिका सदस्यहरुले राहत वितरणमा मनोमानि भएको, स्वास्थ्य सामाग्री खरिदमा उपचलन, नाग्छु नगरपालिकाबाट ल्याइको दुई करोड बराबरको स्वास्थ्य सामग्रीहरुको विवरण सार्वजनीक गर्नु पर्ने, सवारी साधनको मनोमानी प्रयोग गरिएको, प्रमुख र उपप्रमुखको टोकको आधारमा योजनाहरु पास गरिएको, अग्रमोचामा रहेर काम गर्ने कर्माचारी जनप्रतिनिधि तथा स्थानीयबासिहरुको पिसिआर परीक्षण दायरा बढाउनु पर्ने, ६-६ महिनाको १ पटक गर्नु पर्ने सार्वजनिक सुनुवाई नगरेको र यथाशीघ्र गर्नु पर्ने लागयतका २१ बुँदे माग उल्लेख गरिएको उक्त असहमति पत्रमा वडा नं २ का अध्यक्ष दिपराज जोशीले नेतृत्वमा नगर प्रमुख लाई कार्यक्रमा हस्तान्तरण गरिएको थियो ।

टोखा नगरपालिकाको सातौँ नगरसभाको नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको थियो ।

यो पनि पढ्नुहोस् टोखा नगरपालिको सातौं नगरसभा सम्पन्न, १ अरब ५७ करोड ४१ लाखको बजेट पारित

Facebook Comments

अन्तिम अपडेट: ११ असार २०७७, बिहीबार १०:४३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया