ओलीलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
११ माघ २०७७, आईतवार २३:४८
काठमाडौं । टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले कसैप्रति निषेधको राजनीति नगरेको बताएका छन् । स्थानीय सरकारको नियम अनुसार त्यसको विधि र प्रक्रिया पुर्याएर कार्यक्रम सञ्चाल्न गरेको नगरप्रमुख अधिकारीले दाबि समेत गरेका छन् ।
सिंगो टोखा नरपालिकाको सर्वाङ्गिण विकासका लागि सबैलाई समेतिएर एकै ठाउँमा गोलबन्द गरी अगाडि बढिरहेको अवस्थामा निषेधको राजनीति गर्यो भने कुरामा कुनै पनि सत्यता नरहेको नगरप्रमुख अधिकारीले जिकिर गरेका छन् ।
गब बुधबार सम्पन्न टोखा नगरपालिकाको सातौं नगरसभाका क्रममा असन्तुष्ट पक्षले नगरप्रमुखले निषेधको राजनीति गरेको आरोप लगाएका थिए ।
नीति तथा कार्यक्रम र नगरपालिकाको कार्यशैलिलाई लिएर नेपाली काँग्रेस निकटका २१ जना नगरसभा सदस्यहरुले २१ बुँदे असहमती पत्र नगरप्रमुखलाई हस्तान्तरण गरेका थिए ।
विधि तथा नियम अनुसार कुनै पनि असंतुष्ट पक्षले नगरसभामा प्रस्तुत गरेका नीति तथा कार्यक्रमहरुमाथी लिखित वा मौखित रुपमा संशोधन प्रस्ताव पेश गर्नु पर्ने प्रावधान रहेको भन्दै नगरप्रमुख अधिकारी भन्छन्- सभामा कसैले पनि संशोधनका लागि प्रस्ताव नगरेकोले नियम भित्रै रहेर कार्यक्रम सम्पन्न भएको थियो ।
असंतुष्ट पक्षले संशोधन प्रस्ताव प्रस्तुत गर्नु पर्ने र प्रस्ताव गरेको बुँदामाथी नगरसभामा छलफल गरे पश्चात त्यसलाई अन्तिम निर्णय दिर्ने प्रक्रियामा दफावार छलफल गर्नु पर्ने हुन्छ । तर कार्यक्रममा कसैले पनि लिखित रुपमा संशोधन प्रस्ताव पेश नगरेकाले नियमसंगत रुपमा प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको फोनवार्ताका क्रममा नगरप्रमुख अधिकारीले बताएका हुन।
आफ्नो नगरको उन्नती प्रगति र विकासका लागि सबै एक जुटभएर अगाडि बढ्नु पर्ने भन्दै सबै जनप्रतिनिधिहरु जनताप्रति बफदार भएर आफ्नो जिम्मेवारी र दायित्व पुरा गर्न अनुरोध समेत गरेका छन् ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार २३:४८
११ माघ २०७७, आईतवार २३:३०
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८