टोखा नगरपालिकाको आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम, बजेट (पूर्णपाठ)

 १२ असार २०७७, शुक्रबार १२:५१   | न्यूज अफ टोखा

काठमाडौं । टोखा नगरपालिकाको सातौ नगरसभा बुधबार सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को लागि कुल १ अरब ५७ करोड ४१ लाख ७७ हजार रुपैयाँ बजेट प्रस्तावसहित सातौं नगरसभा सम्पन्न भएको हो ।

नगरसभाको उद्घाटन गर्दै नगर प्रमुख प्रकाश अधिकारीले नगरपालिकाको मुहार समृद्ध बनाउनका लागि आफ्नो स्रोत र साधनको प्रयोग गर्दै अगाडि बढिरहेको जानकारी दिए ।

नगर प्रमुख अधिकारीले कोरोना महामारी समुदायमा फैलिन नदिन टोखा नगरवासीको सु–स्वास्थ्यलाई ध्यानमा राखेर उक्त प्रकोपको रोकथाम तथा नियन्त्रण गरि पक्षलाई प्राथामिकतामा राखि महामारीवाट प्रभावित सामाजिक आर्थिक क्षेत्रलाई पुनर्जीवत दिई नगरवासीको सर्वाङ्गिन हित कायम गर्दै विकास निर्माणलाई गतिदिने अठोटका साथ आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम बनाएको बताए ।

‘ऐतिहासिक, सास्कृतिक, पर्यटीय समृद्ध टोखा नगर’ भन्ने मुल लक्ष्यका साथ बजेट आएको नगरप्रमुख अधिकारी जानकारी दिए ।

नगरपालिकाले २०७७/०७८ का लागि अनुमानित १ अरब ५७ करोड ४१ लाख ७७ हजार रुपैयाँको बजेट टोखा नगरपालिकाको उपप्रमुख ज्ञानमाया डंगोलले प्रस्तुत गरिन् । जसमा वडागतरुपमा रु.२ करोड २१ लाखको सिलिंग प्रस्ताव गरेको छ ।

सातौं नगरसभामा पारित नीति तथा कार्यक्रम तथा बजेट ०७७/०७८ को (पुर्णपाठ)

Facebook Comments

अन्तिम अपडेट: १२ असार २०७७, शुक्रबार १२:५१

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया