कृषिमन्त्रीको गृह जिल्लामा सताउँदै सलह

 १५ असार २०७७, सोमबार १७:४२   | न्यूज अफ टोखा

कृषिमन्त्रीको गृह जिल्लामा सताउँदै सलह

रुपन्देही । कृषि मन्त्री घनश्याम भुसालको गृहजिल्ला रुपन्देहीमा ठूलो संख्यामा सलह पसेको छ। त्यहाँको सैनामैना-६ बैकुण्ठपुरसहितका क्षेत्रमा अनगिन्तीको संख्यामा सलह देखिएका हुन्। 

मकै पाक्न लागेको सिजनमा सलह भारतबाट पसेका हुन्। राम्रो बर्षात् भएपछि अन्य खेतीबारी पनि हरियो फिरिरहेका बेला सलह पसेपछि कृषकको चिन्ता चुलिएको छ। शनिबार दिउँसो रूपन्देहीको बुटवल र सैनामैनासहितका क्षेत्रमा सलह देखिएपछि कृषकको पीर बढेको छ। बुटवलको गोलपार्क, सुख्खानगर, शिवनगर क्षेत्रमा सलह देखिएपछि स्थानीयले किट विज्ञ र नार्कका वैज्ञानिकलाई खबर गरेका थिए। 

ग्रामीण भेगमा पनि सलह देखिएपछि कृषकहरु खेतबारीमै पसेर धपाउन जुटेका छन्। हजारौं लाखौंको संख्यामा फट्याङ्ग्रो प्रजातिको सलहले खाएपछि केही बेरमै हरियो बालीको डाँठ मात्रै बाँकी राखिदिन्छ।  प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख याम नारायण देवकोटाले किसानहरूबाट सलह कीरा भेटिएको बताउँदै विषयमा अनुसन्धान भइरहेको उल्लेख गरेका छन्। रुपन्देहीकै सुख्खानगर क्षेत्रका स्थानीयले सलह कीरा छोपेर डिब्बामा राखेर कृषि कार्यालयमा खबर गरेका थिए। 

Facebook Comments

अन्तिम अपडेट: १५ असार २०७७, सोमबार १७:४२

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया