आरोप पत्र फिर्ता लिएर निर्वाचनमा जान प्रतिवद्धता जनाए पार्टी एकता हुन सक्छ – उप प्रधानमन्त्री पोखरेल
१० माघ २०७७, शनिबार २०:२३
न्यूज अफ टोखा
अमेरिकी कम्पनी माइक्रोसफ्टले विश्वभर रहेका आफ्ना ८३ वटा रिटेल स्टोरहरु सधैका लागि बन्द गर्ने घोषणा गरेको छ ।
माइक्रोसफ्टले एक विज्ञप्ति जारी गर्दै अबदेखि अनलाइन स्टोरमा ध्यान केन्द्रित गर्ने जनाएको छ। यद्यपि, ठ्याक्कै कुन मितिदेखि रिटेल स्टोरहरु बन्द गर्ने भन्ने चाहीँ माइक्रोसफ्टले खुलाएको छैन तथापि अबदेखि रिटेल स्टोरहरुमा पाइने सबै सामानहरु अनलाइनबाटै उपलब्ध गराइनेछ ।
रिटेल स्टोर बन्द गरेसँगै त्यहाँ कार्यरत कर्मचारीहरुलाई अनलाइन बिक्री तथा सहायता सम्बन्धि तालिम दिइने र ग्राहकहरुलाई अनलाइनमार्फत पहिले जस्तै सेवाको अनुभव प्रदान गरिने माइक्रोसफ्टले जनाएको छ ।
माइक्रोसफ्टका अनुसार अब केवल चारवटा मात्र स्टोर खुल्ला रहनेछन् र तिनमा समेत उसका प्रडक्टको बिक्री वितरण हुने छैन र केवल अनुभव केन्द्रको रुपमा प्रयोग गरिनेछ ।
विद्यमान परिवर्तित परिस्थितिमा अब डिजिटल स्टोरमा केन्द्रित हुने र लगानी समेत गर्ने माइक्रोसफ्टको भनाई छ ।
कम्पनीका अनुसार अहिले माइक्रोसफ्ट डट कम, एक्सबक्स तथा विन्डोज गरी विश्वका १ सय ९० देशमा १ अर्ब २० करोड मासिक सक्रिय प्रयोगकर्ता रहेका छन् । मानिससम्म पुगिरहेको छ ।
कम्पनीका उपाध्यक्ष डेभिड पोर्टरका अनुसार कोरोना संकटका बेला अनलाइन बिक्रिमा तिव्रता आएको छ । माइक्रोसफ्टको पोर्टफोलियोमा अधिकांस डिजिटल प्रडक्टहरु रहेको र खुद्रा पसलहरुमा नगईकनै पनि उपभोक्ताहरुले अनलाइनबाटै गरिरहेको कारोबारबाट सन्तुष्ट रहेको उनको दाबी छ।
एजेन्सी
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०
९ माघ २०७७, शुक्रबार ११:२९