टोखा-झोरका कृषकलाई सताउँदै सलह

 १६ असार २०७७, मंगलवार २१:०८   | न्यूज अफ टोखा

काठमाडौं । टोखा नगरपालिकाको टोखा-झोरमा ठूलो संख्यामा सलह पसेको छ । सलहको झुन्ड भित्रिएको केहि समय नबित्दै बालिमा क्षति समते गर्न थालेको छ ।

मकै पाक्न लागेको सिजन र अन्य खेतीबारी पनि हरियो फिरिरहेका बेला सलह पसेपछि कृषकको चिन्ता चुलिएको छ । मंगलबार दिउँसो टोखाको भिल्ली दुराङ्ग, झोरको मालुङ्ग फुलबारी सहितका क्षेत्रमा सलह देखिएपछि कृषकको पीर बढेको छ ।

सलह देखिएपछि यतिबेला कृषक तथा स्थानीयहरु खेतबारीमै पसेर धपाउन जुटेका छन् । हजारौं लाखौंको संख्यामा फट्याङ्ग्रो प्रजातिको सलहले खाएपछि केही बेरमै हरियो बालीको डाँठ मात्रै बाँकी राखिदिन्छ । 

Facebook Comments

अन्तिम अपडेट: १६ असार २०७७, मंगलवार २१:०८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया