‘युवाको नजरमा जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया सम्पन्न

 १६ असार २०७७, मंगलवार १९:५४   | सुबिन्द्र श्रेष्ठ

‘युवाको नजरमा जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं । मदन भण्डारी फाउन्डेसन काठमाडौंको आयोजनामा युवाको नजरमा जननेता मदन भण्डारी र जनताको बहुदलीय जनवाद विषयमा अन्तरक्रिया गरिएको छ।

जिल्ला समन्वय समिति काठमाडौंको सभाहलमा भएको सो अन्तरक्रियामा काठमाडौं जिल्लाका विभिन्न स्थानीय तहका प्रतिनिधि युवाहरुले  जननेता मदन भण्डारीका वारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए।

मदन भण्डारी फाउन्डेसनकी केन्द्रीय सचिव पेम्बा लामा ,मदन भण्डारी फाउन्डेसन काठमाडौंका अध्यक्ष दिपक निरौला ,जिल्ला समन्वय समिति काठमाडौंकी उपाध्यक्ष सरिता दाहाल ,सदस्य उद्दव भण्डारी लगायतको उपस्थिति रहेको सो अन्तरक्रिया कार्यक्रममा मदन भण्डारी फाउन्डेसनकी केन्द्रीय अध्यक्ष उषा किरण भण्डारीले भर्चुअल माध्यम बाट जनताको बहुदलीय जनवादको महत्व तथा सान्दर्भिकताका वारेमा विचार राखेकी थिइन्।

जननेता मदन भण्डारीको देहावसान भएको २०५० शाल पछी जन्मिएका युवाहरु सहभागी रहेको   सो अन्तरक्रिया कार्यक्रममा शंखरापुर नगरपालिकाका निरोज दंगालले  मदन भण्डारीको शैक्षिक तथा राजनीतिक जीवनका वारेमा चर्चा गर्दै मदन भण्डारीका विचारहरु युवा पुस्ताले अध्ययन गर्नु पर्ने धारणा राखेका थिए।

त्यस्तै क्रितिपुर नगरपालिकाका विशाल पोखरेलले आफ्नो घरमा रहेको भीएचएफ  चक्कामा उहाको शव यात्रा हेरेको स्मरण गर्दै के अहिले त्यो जन सागर कसैको मृत्युमा आउलान त् ? भन्ने प्रशं गरेका थिए।उनले बहुदल प्रति भण्डारीको विस्वास र अध्ययन युवाहरुका लागि प्रेरणा भएको बताएका थिए।

त्यस्तै सो अन्तरक्रियामा बुढानिलकण्ठ नगरपालिकाकी सुमित्रा श्रेष्ठले जननेता मदन भण्डारीमा उत्कृस्ट नेतृत्व भएको व्यक्तित्व रहेको आफुले अध्ययन बाट बुझेको बताउदै  उनको वक्तित्व कला युवा पुस्ताको लागि अनुकरणीय भएको धारणा राखेकी थिइन्।

कार्यक्रममा आफ्नो धारणा राख्दै टोखा नगरपालिकाकी खुसी डंगोलले शिदान्तका लागि जीवन हैन जीवनका लागि शिदान्त भन्ने जननेता भण्डारीको भनाइ बाट आफ्नो मन्तव्य शुरु गर्दै विश्व कम्युनिस्ट आन्दोलनमा उनले खेलेको भूमिका र जनताको बहुदलीय जनवादका वारेमा चर्चा गरेकी थिईन।

त्यस्तै गोकर्णेश्वर नगरपालिकाका रबिन पुरीले मदन भण्डारीको योगदानका वारेमा चर्चा गर्दै उनको हत्याका दोषीहरुको खोजि हुनुपर्ने धारणा राखेका थिए भने  बनारसमा भण्डारीको साहित्यिक सक्रियताको वारेमा पनि उनले आफ्नो विचार प्रस्तुत गरेका थिए।

कागेश्वरी मनोहरा नगरपालिकाकी अन्जना घिमिरेले जननेता भण्डारीले राज वीरेन्द्रलाई दिएको चुनौतीपूर्ण भाषणको अंश बाट आफ्नो मन्तव्य शुरु गर्दै उनको नेतृत्व गुणका वारेमा चर्चा गरेकी थिइन्।जननेता मदन भण्डारी मजदुर र किसानको प्रतिनिधि नेता भएको आफुले पाएको  धारणा राख्दै विश्व कम्युनिष्ट आन्दोलनको वारेमा बताएकी थिइन्।

त्यस्तै सो अन्तरक्रिया कार्यक्रममा बोल्दै मदन भण्डारी फाउन्डेसनकी केन्द्रीय सचिव पेम्बा लामाले जननेता मदन भण्डारीले ल्याएको जनताको बहुदलीय जनवाद नेपालको यथार्त धरातलमा टेकेर आएको शिदान्त भएको बताउदै युवाहरुले यसको वारेमा अध्ययन गर्नुपर्ने आवस्यकता रहेको धारणा राखेकी थिइन्।

कार्यक्रमको समापन गर्दै  मदन भण्डारी फाउन्डेसन काठमाडौंका अध्यक्ष दिपक निरौलाले जननेता मदन भण्डारीलाई भौतिक रुपमा देख्न नपाएका युवाहरु उनि प्रतिको बुझाइ र धारणाका वारेमा बुझ्न सो कार्यक्रम आयोजना गरिएको बताउदै चाडै काठमाडौं जिल्लाका सबै वडाबाट पत्रकारितामा रुची राख्ने युवाहरुका लागि व्यवसायिक प्रशिक्षणको तयारी शुरु गरिएको जानकारी दिएका थिए।

Facebook Comments

अन्तिम अपडेट: १६ असार २०७७, मंगलवार १९:५४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया