एक किलो सलह ल्याउनेलाई टोखा नगरपालिकाले ५० रुपैयाँ दिने

 १७ असार २०७७, बुधबार १७:३९   | न्यूज अफ टोखा

न्युज अफ टोखा, काठमाडौँ । एक किलो सलह ल्याउनेलाई टोखा नगरपालिकाले ५० रुपैयाँ दिने भएको छ । बुधबार विज्ञप्ति जारी गरी नगरपालिकाले सलह किरा संकलन गरी वडामा बुझाउनेलाई प्रतिकिलो ५० रुपैयाँका दरले प्रोत्साहन रकम दिने घोषणा गरेको हो ।

टोखा नगरपालिकामा पनि सलह किरा देखिए पछि नगरपालिकाले एक सुचना जारि गर्दै सावधानी अपनाउन आग्रह समेत गरेको छ ।

बुधबार विज्ञप्ति जारी गरी नगरपालिकाले खेतबारीमा थाल, टिन, मादल, लाउडस्पिकर र अन्य आवाज निस्कने साधन बजाएर सलह भागाउन सकिने बताएको छ । त्यस्तै खेतबारीमा आगो बालेर धुवाँ निकाल्ने, खेतको दुई छेउमा बसेर डोरी हल्लाउन पनि नगरपालिकाले अनुरोध गरेको छ ।

सानो क्षेत्रको बाली, तरकारी, धानको ब्याड झुलले ढाक्न, सलह बसेको रुख तथा बोटबिरुवा हल्लाएर भागाउन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले आग्रह गरेका छन् ।


Facebook Comments

अन्तिम अपडेट: १७ असार २०७७, बुधबार १७:३९

तपाईको प्रतिक्रिया